बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

सामाजिक सञ्जाल : परिएला है कानूनको फन्दामा !

–रमेश लम्साल काठमाडौँ, ९ फागुन । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको...

छोरी शिक्षा बीमा मुद्दती खाताको राष्ट्रपतिबाट शुभारम्भ

वीरगञ्ज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहीबार शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि...

यी हुन् मन्त्रिपरिषदले एकैपटक गरेका २३ निर्णय

काठमाडौँ, ९ फागुन । सरकारले एकैपटक विभिन्न २३ वटा निर्णय गरेको छ । विहीबार सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले हालै गरेको निर्णय सार्वजनिक गरे । सरकारले भ्रष्टाचार मुद्दामा...

राजनारायणले घुस लिएको भिडियो अख्तियारलाई बुझाइयो

काठमाडौँ, ९ फागुन । अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियारको अनुसन्धान टोलीलाई भिडियो...

विद्युत् सेवा पुगेपछि स्थानीय हर्षित

सिन्धुली ९ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिका–६ रत्नावतीका २०० घरमा यतिबेला बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् । साविकको रत्नावती गाविसको...

पहिलोपटक दौरासुरुवाल लगाउँदा यस्ता देखिए बाबुराम

काठमाडौँ, ९ फागुन । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पहिलोपटक दौरासुरुवाल लगाएका छन् । मध्यपहाडी लोकमार्ग हुँदै देश दौडाहामा निस्किएका भट्टराईले जाजरकोट जाने क्रममा जीवनमै पहिलोपटक दौरा–सुरुवाल लगाएका हुन् ।...

यसकारण बर्खास्तमा परे समाजकल्याण परिषदका पदाधिकारी

काठमाडौं, ९ फागुन । समाज कल्याण परिषदका पदाधिकारीहरु बर्खास्तमा परेका छन् । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले उनीहरुलाई पदमुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर...

राष्ट्रियस्तरको भजन प्रतियोगिता हुँदै

गलकोट, ९ फागुन । यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज...

सरकारका प्रवक्ता भन्छन्–सामाजिक सञ्जाल दर्ता हुनुपर्छ

काठमाडौँ, ९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा सञ्चालनमा हुने सबैखाले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका छन् । सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राष्ट्रिय...

सार्वजनिक सेवामा सुधारकाे प्रयास, ‘टोकन’ प्रणालीले सेवाग्राहीलाई राहत

बागलुङ, ९ फागुन । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन ‘टोकन’ प्रणाली शुरु गरेको छ । नागरिकता, राहदानी वितरणसहितका सेवा टोकन प्रणालीबाट प्रदान गरिने कार्यालयले जनाएको छ । ‘पहिले आउनेलाई...

राजश्वमा छुट हुने भएपछि महिलाका नाममा जग्गा लिने बढे

काठमाडौँ, ९ फागुन । मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो...

गगन थापा पक्षका विद्यार्थीले सानेपामा गरे बबाल, विमलेन्द्र निधिमाथि दुर्व्यवहार

काठमाडौँ, ९ फागुन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि काँग्रेसकै भातृसंस्था नेपाल विद्यार्थी संघका केही कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका निधिलाई विद्यार्थी कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका...
1 5,917 5,918 5,919 5,920 5,921 11,452