
काठमाडौं, ३ जेठ । नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको आयोजनामा जेठ १६, १७ गते हुने जनसंगठनसम्बद्ध अगुवा महिलाहरुको २ दिने भेलालाई भव्य बनाउन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आफ्ना अगुवा महिलाहरुको बैठक सम्पन्न गरेको छ ।
आज पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता र इन्चार्ज गोकुल घर्तीको विशेष उपस्तिथिमा बैठक सम्पन्न भएको हो ।
बैठकले उदघाटन समारोहमा आ–आफ्नो भेषभुषामा हजारौँ आदिवासी जनजाति महिलाहरु उपस्थित गराउने निर्णय गरेको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।










प्रतिक्रिया