१४ कार्तिक २०८३, शनिबार

पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो विशेष बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समसामयिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ ।

आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी पार्टीले बैठक बोलाएको हो ।

बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीका साथै काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहर समेत सहभागी हुने बताइएको छ ।