
काठमाडौं, ३ जेठ । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाएका छन् ।
आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । अलराउन्डर विश्व वरीयताको शीर्ष स्थानमा भने बंगलदेशका साबिक अल हसन रहेका छन् ।
यस्तै, नेपालका कुशल मल्ल ३२औँ, गुलसन झा यथास्थानमा रहँदै ६०औँ, कप्तान रोहितकुमार पौडेल एक स्थान खस्कँदै ६५औँ र करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा रहेका छन् ।
बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा यथावत् छन् । नयाँ वरीयतामा उनी शीर्ष सयमा रहने एक्लो नेपाली बलर बनेका छन् ।
बलिङ वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका राशिद खान यथावत् रहेका छन् ।
विश्वकपको तयारीमा रहेको नेपाल टी–२० वरीयतामा १७औँ स्थानमा रहेको छ ।








प्रतिक्रिया