२१ जेष्ठ २०८३, बिहिबार

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गर्नुभएको छ । घिमिरेले एफसिसिए साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट ९कुसुम० बाट इएमबीए पनि गर्नुभएको छ ।

घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिब र मर्चेन्ट बैंकिब उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंबको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो।