शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

यस्तो छ गान्धी परिवारले छोडेको अमेठी सिटको इतिहास

दैनिक नेपाल २०८१ वैशाख २२ गते १०:०६

काठमाडौं, २२ वैशाख । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल कांग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । कांग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उहाँले शुक्रबार मनोनयन दर्ता गर्नुभएको छ । अब उहाँको प्रतिष्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।

गत लोकसभा चुनावमा उहाँलाई सोनिया गान्धीले पराजित गर्नुभएको थियो । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद हुनुभयो । यसपटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय गर्नुभयो । सोनिया गान्धी अहिले राज्यसभाकी सांसद बन्नुभएको छ ।

राहुल गान्धी सन् २००४ मा अमेठी सिटबाट सांसद निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ यस सिटबाट लगातार सांसद चुनिनुभयो । तर २०१९ मा भाजपाकी स्मृति इरानीले यस सिटमा राहुल गान्धीलाई हराउनुभएको थियो । तर, २०१९ लोकसभा चुनावमा राहुल गान्धीले केरलाको वायनाड सिटबाट पनि चुनाव लड्नुभयो र त्यहाँबाट जितेर संसदमा पुग्नुभएको थियो । यसपटक पनि राहुल गान्धी वायनाडबाट चुनाव लडिरहनुभएको छ । यो सिटमा मतदान भइसकेको छ ।

त्यस्तै, १९९९ पछि यो पहिलो पटक हो कि गान्धी परिवारका कुनै सदस्यले अमेठीबाट चुनाव लड्नुभएको छैन् । सन् १९९९ मा सोनिया गान्धीले अमेठी सिटबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । यसपछि सन् २००४ मा सोनिया गान्धीले रायबरेली सिटबाट चुनाव जित्नुभयो । यस वर्ष राहुल गान्धी अमेठी सिटबाट सांसद निर्वाचित हुनुभएको थियो ।

२०१९ बाहेक, कांग्रेसले १९७७  र १९८८  मा पनि अमेठी सिटमा हारेको छ, जब यस सिटमा उम्मेदवार गान्धी परिवारबाट थिएनन् । अमेठी र रायबरेलीलाई गान्धी परिवारको सिट मानिन्छ ।

फिरोज गान्धी सन् १९५२ र १९५७ मा यस सिटबाट सांसद निर्वाचित हुनुभएको थियो । इन्दिरा गान्धी १९६७ मा रायबरेलीबाट चुनाव लडेर लोकसभा पुग्नुभएको थियो । इन्दिरा गान्धीले सन् १९७१ मा रायबरेली सिट जित्नुभयो । तर, सन् १९७७ मा आपतकालपछि उहाँले यो सिट गुमाउनुभएको थियो । सन् १९८० मा इन्दिरा गान्धीले रायबरेलीबाट फेरि चुनाव जित्नुभयो । तर यी चुनावमा उहाँले आन्ध्र प्रदेशको मेडक सिटबाट पनि जित्नुभयो ।

गान्धी परिवारको राजनीतिक सुरुवात अमेठीबाट सन् १९८० मा भएको थियो। त्यसपछि सञ्जय गान्धी यही सिटबाट जितेर संसदमा पुग्नुभएको थियो । सञ्जय गान्धीको मृत्युपछि राजीव गान्धी सन् १९८१ मा यही सिटबाट संसदमा पुग्नुभएको थियो । उहाँ आफ्नो मृत्युसम्म यही सिटबाट सांसद निर्वाचित हुनुभयो । तर, १९९१ देखि १९९९ सम्म गान्धी परिवारका कुनै पनि सदस्यले यस सिटमा उम्मेदवारी दिएनन् ।

यस पटक कांग्रेसले अमेठीबाट गान्धी परिवारका नजिकका मानिने किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ । उहाँले भाजपाकी स्मृति इरानीको सामना गर्नुहुनेछ । त्यस्तै, कांग्रेसकी प्रियंका गान्धी भने उम्मेदवार नबन्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित