२८ असार २०८३, आइतबार

नेपालकी श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपालकी श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा पर्नुभएको छ ।

फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा एसियाबाट काठमाडौँकी श्रेया पर्नुभएको हो । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा २८ वर्षीया श्रेया सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा पर्नुभएको हो ।

गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुनुहुन्छ । लन्डनमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उहाँले ‘ह्याप्पी माइन्ड्स’ सुरु गर्नुभएको हो ।

ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल दुवै तरिकाले विश्वभर नै मानसिक परामर्श प्रदान गर्छ भने विभिन्न वर्कसप पनि सञ्चालन गर्छ।