२१ असार २०८३, आइतबार

धुलिखेलमा हुने डर्टबाइक रेसिङको टिकट आईएमई पेबाट खरिद गर्न सकिने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । भोलि शनिबार धुलिखेलमा हुने डीटीएमएक्स९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आईएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसका विजेताले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

डर्ट बाइक रेसिङ सँगसँगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ ।

यो कार्यक्रममा विभिन्न सांगीतिक ब्यान्डसँगै मोटोक्रस प्रतिस्पर्धा, लाइभ संगीत प्रदर्शन र धेरै उपहारले भरिएको एड्रेनालाइन-पम्पिङ दिनको निम्ति टिकटहरू आईएमई पे एपमार्फत ५ सय रुपैयाँमा खरिद गर्न सकिन्छ ।