८ श्रावण २०८३, शुक्रबार

अफगानिस्तानमा ३ विदेशीसहित ४ जनाको गोली हानी हत्या

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । अफगानिस्तानको बामियान प्रान्तमा गोलीबारी हुँदा ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार भएको गोलीबारीबाट तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो । त्यहाँको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘गोलीबारीमा चार विदेशी र तीन अफगानी घाइते भएका छन् ।’ चार संदिग्धलाई पक्राउ गरिएको अधिकारीले बताउनुभयो । उहाँले विदेशी नागरिकको राष्ट्रियता भने खुलाउनुभएन ।

स्पेनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उक्त हमलामा तीन जना स्पेनी नागरिक मारिएको र कम्तीमा एक जना घाइते भएको बताएको छ ।

प्रमुख पर्यटकीय क्षेत्र बामियान प्रान्तमा भएको घटनामा चार संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको र अनुसन्धान जारी रहेको अब्दुल मतिन कानीले जानकारी दिनुभयो । बेलुका भएको आक्रमणको कसैले जिम्मेवारी लिएको छैन् ।