
हेटौंडा, ५ जेठ । कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ चौतारामा भएको कार दुर्घनामा परेर गम्भीर घाइते भएका तीनै जनाको पहिचान खुलेको छ ।
घाइते हुनेहरुमा बाराको निजगढ नगरपालिका-६ बस्ने ३० वर्षीय सन्दीप शाह, रौतहटको मौलापुर नगरपालिका-६ बस्ने १७ वर्षीय विवेक शाह र भीमफेदी गाउँपालिका-८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते तीनै जनालाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालतर्फ ल्याइँदैछ ।
शनिबार बिहान ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । कार सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।








प्रतिक्रिया