
काठमाडौं, ५ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज एक खेल हुँदैछ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ ।
बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी आईपीएलको प्लेअफमा पुग्न दुबै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडि जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ ।
चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने बैंगलुरु १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।
यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।








प्रतिक्रिया