१६ असार २०८३, मंगलबार

तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सुरु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सुरु भएको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित एक्स्पोको शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभयो ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो शुक्रबार र शनिबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनीमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धी विभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ विद्यार्थी हुन् ।

कार्यक्रममा उपमेयर सुनिता डंगोलले इन्टेरियर डिजाइन पछिल्लो समय महत्वकासाथ हेर्न थालिएकोले यसमा लाग्नेको भविष्य राम्रो भएको बताउनुभयो । ‘अर्थसँग जोडेर हेर्ने हो इन्टेरियर डिजाइन एकदमै महत्वपूर्ण विधामा पर्छ ।’ उहाँले भन्नुभयो ‘अहिले सानो कपिसप खोल्दा पनि डिजाइन गर्ने चलन छ ।’ उहाँले इन्टेरियर डिजाइनमा ग्राजुयट विद्यार्थीलाई बधाई तथा सफल भविष्यका लागि शुभकामनासमेत दिनुभयो ।

कार्यक्रममा नेपाल जीवन विमाका कार्यकारी प्रमुख प्रविण रमण पराजुली, ईश्वरलाल जोशी प्रिसिडेन्ट (सोना)लगायतको उपस्थिति रहेको थियो ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनी छ । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका विद्यार्थीको विभिन्न फरक फरक क्याफे डिजाइनहरु छन् । अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरुको विभिन्न फरक प्रोजेट बनाएका छन् ।

प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीचसमेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रुपमा पुरस्कृत हुनेछन् । उपमेयर डंगोललगायतका अतिथिले सबै प्रदर्शनी अवलोक गरेर त्यसको बारेमा जानकारीसमेत लिनुभएको छ ।

बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर विशेष प्रायोजन रहेको प्रदर्शनीमा उपमेयर डंगोलले ग्राजुयट विद्यार्थीलाई सर्टिफिकेटसमेत प्रदान गर्नुभयो ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौंको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।