११ असार २०८३, बिहिबार

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दावी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले रुसलाई हतियार दिएको दावीलाई अस्वीकार गर्नु भएको छ । उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले रुसलाई हतियार दिने कुरा मनगढन्ते र बेतुका भएको बताउनु भएको हो । जोङले भन्नुभयो, ‘उत्तर कोरियाले देशको सुरक्षाका लागि हतियार बनाएको हो, अरु कुनै देशलाई बेच्न होइन ।’

किमकी बहिनीको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले ३ रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । उहाँलाई उत्तर कोरिया र रुसबीच हतियार सम्झौता गरेको आरोप लागेको थियो ।

संयुक्त राष्ट्र ९संयुक्त राष्ट्र० ले उत्तर कोरियाको हतियार खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ। अमेरिका र पश्चिमी देशहरूले लगातार रुसले उत्तर कोरियाबाट सैन्य प्रविधि र आर्थिक सहायताको बदलामा युक्रेन युद्धका लागि तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारहरू खरिद गरेको आरोप लगाउँदै आएका छन् ।

यस अघि दक्षिण कोरियाले मार्चमा दावी गरेको थियो कि उत्तर कोरियाले जुलाई २०२३ देखि मार्च २०२४ सम्म हतियारले भरिएका ७ हजार कन्टेनर रुस पठाएको दाबी गरिएको थियो । बदलामा ९ हजार रुसी कन्टेनर उत्तर कोरिया आएको समेत बताइएको थियो । यी खाद्यान्न अभावबाट पीडित उत्तर कोरियालाई सहयोग गर्ने वस्तु भएको दावी गरिएको थियो।

यसैबीच वाशिङटनमा बसेका विज्ञहरूले उत्तर कोरियाले हतियार पठाउने बदलामा स्याटेलाइट प्रविधि प्राप्त गरेको दाबी गरेका छन् । उत्तर कोरियाले हालै आफ्नो सेनाका लागि २४० एमएमको रकेट लन्चर बनाउने बताएको थियो, जसले आफ्नो युद्ध लड्ने क्षमता बढाउनेछ ।

अमेरिकासँगै युक्रेनले पनि रुसले उत्तर कोरियाबाट हतियार खरिद गरेको दाबी गरेको छ । जनवरीमा रुसको खार्किभ सहरमा प्रहार गरिएको क्षेप्यास्त्रको भग्नावशेषबाट यसको पुष्टि भएको दावी गरिएको थियो । हतियार मात्र नभई रुसले उत्तर कोरियालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को सीमाभन्दा बढी परिष्कृत पेट्रोल दिएको अमेरिकाको दावी छ ।

रिपोर्ट अनुसार सन् १९९० को दशकमा उत्तर कोरियामा खतरनाक अनिकाल परेको थियो । त्यसयता त्यहाँ खाद्यान्न अभाव छ । फेब्रुअरी २०२३ मा, विज्ञहरूले चेतावनी दिए अनाज उत्पादन कम भएको कारण उत्तर कोरियामा खाद्य संकट गहिरो हुने बताएका थिए । प्रतिकूल मौसम र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण त्यहाँको अवस्था निरन्तर बिग्रँदै गएको छ ।

दक्षिण कोरियाको स्याटेलाइट तस्विरले सन् २०२२ मा उत्तर कोरियामा सन् २०२१ को तुलनामा १८ हजार टन कम अन्न उत्पादन भएको देखाएको थियो ।

२०२२ मा, उत्तर कोरियाको एक रिपोर्टले दावी गरेको थियो कि अन्नको अभाव पूरा गर्न, किम जोङ उनले मानिसहरूलाई कम खाना खान आग्रह गर्नुभएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार किम जोङले कोरिया वर्कर्स पार्टी (डब्लुपीके) बैठकमा भन्नुभएको थियो – अब देशमा कारखाना स्थापना गर्ने र जनताको जीवनस्तरमा सुधार गरिने छ । यतिबेला देश जीवन र मृत्युको लडाइँमा छ ।