शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

किन हुन्छ हृदयघात ? हृदयघात हुन नदिन के गर्ने ? यस्ता छन् लक्षण र बच्ने उपाय

दैनिक नेपाल २०७८ माघ १२ गते ९:४५

मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो ।

यसले रगतलाई पम्प गरी रक्तनलीहरू मार्फत विभिन्न अङ्गहरूमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखि ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रूपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्य पदार्थ एवम् खनिज पदार्थ एवम् खनिजहरू जस्तै सोडियम, पोटापसियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ ।

यसका लागि मुटुको मांशपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरू हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ ।

डा. कमल लम्साल
वरिष्ठ मुटु रोग विशेषज्ञ

जब मुटुको धमनीहरूमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरू साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई मुटुको धमनीको रोग (Coronery artery disease) भनिन्छ । मुटुको धमनीहरूको साँघुरो भएमा मुटु स्वयम्ले अक्सिजन, ग्लुकोज लगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ ।

कमजोर र साँघुरो रक्तनलीहरू सजिलै फुट्न सक्छ । जब मुटुको धमनीहरू एक्कासी बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयघात भनिन्छ ।

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमिनि वा धमिनिका शाखा भित्रै आकस्मात रगत जम्न गइ रगतको थेग्लाले धमिनि थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरू अक्सिजन र अन्य पोषक तत्वहरूको अभावमा देखा परेको आपतकालीन समस्या हो ।

यो समस्या आकस्मात देखापर्ने भए पनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमनीका भित्ताहरूहरूमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्त कोषहरू जम्मा भएर धमनी साँघुर्याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।

यी पदार्थहरूजम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउँछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् ।

यसरी हृदयतन्तुहरू मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशील अगंहरूमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।

हृदयघातका लक्षणहरू हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने, भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एकासी बढेर जाने, रिँगटा लाग्नेजस्ता देखिन्छन । कसै–कसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरू देखिन सक्छन ।

उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैंगिकता आदि कारणले हृदयघात हुनसक्छ ।

हृदयघातबाट बच्नका लागि के गर्ने त ?

नियमित स्वस्थ खानपान गर्ने, नुन तथा चिल्लो पदार्थ कम खाने बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने ।

दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने ।

मद्यपान तथा धुम्रपान सेवन नगर्ने,

स्वास्थ्य परीक्षण गर्ने रक्तचापको मापन लगायत रगतमा सुगर तथा कोलस्ट्रोलको मात्रा परीक्षण गराउने बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधि सेवन गर्ने ।

पारिवारिक सावधानी अपनाउने परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरूले नियमित परीक्षण तथा थप सावधानी अपनाउने ।

शरीरको तौल नियन्त्रनमा राख्ने र तनावहित रहने वातावरण बनाउने, तथा सकारात्मक सोच राख्ने र थप सुझाबको लागि सम्बन्धीत चिकित्सकसँग परामर्श गर्ने ।

हृदयघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक बर्ष मृत्यु हुने गर्दछ । हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गैरहेको छ ।

विभिन्न उपचार पद्धतीका तथा औषधिको बाबजुत हृदयघात भइसकेपछि मृत्युदर अझै नै उच्च नै छ तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोग सम्बन्धी न्युनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका व्यक्तिहरूले नियमित परीक्षण गराउने माथि उल्लेखित लक्षणहरूको केही सङ्का भएमा तुरुन्त अस्पताल गई परीक्षण गर्नु पर्दछ ।

(वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर लम्साल काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा कार्यरत छन् ।)

प्रतिक्रिया
सम्बन्धित