सोमबार, ४ असार २०८१
DainikNepal.com
सोमबार, ४ असार २०८१

सदनको अवरोध खुलाउन सभामुख सक्रिय, प्रचण्ड र ओलीसँग संयुक्त छलफल गर्दै

दैनिक नेपाल २०८१ जेठ ५ गते १२:००

काठमाडौं, ५ जेठ । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन सक्रिय रहनुभएको छ । त्यसका लागि सभामुख घिमिरेले आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सदन खुलाउने विषयमा संयुक्त छलफल गर्दै हुनुहुन्छ ।

सभामुखको सचिवालयका अनुसार समय व्यवस्थापन भए सभामुखले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुहुनेछ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदको गतिरोध समाधानका लागि आजै प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित