
हेटौंडा, ५ जेठ । कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ चौतारामा भएको कार दुर्घनामा परेर गम्भीर घाइते भएका तीन जना मध्ये दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भीमफेदी गाउँपालिका-८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका-६ बस्ने १७ वर्षीय विवेक शाह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ब्लोन र शाहलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका-६ बस्ने ३० वर्षीय सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज शनिबार बिहान ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । कार सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।









प्रतिक्रिया