आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

साढे तीन वर्षमा के–के गरे लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री पोखरेलले ?

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल

दैनिक नेपाल २०७८ साउन २९ गते ११:५५

काठमाडौं, २९ साउन । मुलुक संघीय प्रणालीमा गएसँगै गठन भएको लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेले तीन वर्ष पाँच महिना २५ दिनपछि राजीनामा दिएर विदा भएका छन् ।

उनको सत्ता वहिर्गमनसँगै लुम्बिनीमा हिजो बिहीबारमात्रै कुलबहादुर केसीको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । तर, नयाँ सरकारले भावी दिनमा के–के गर्छ भन्ने भन्दा वहिर्गमित मुख्यमन्त्री पोखरेलले साढे तीन वर्षमा के–के काम गरे भन्ने विषयले यतिखेर धेरै चर्चा पाइरहेको छ ।

त्यसो त निवर्तमान मुख्यमन्त्री पोखरेल स्वयम्ले पनि आफ्नो कार्यकालमा भएका महत्वपूर्ण काममा बारेमा सामाजिक सञ्जालमार्फत फिहरिस्त प्रस्तुत गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका निवर्तमान मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र समृद्धिका लागि के–के गरे त ?

हेरौं केही बुँदाहरू–

तीन वर्ष पाँच महिना २५ दिन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर आजबाटट विधिवत रुपमा विदा भए । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद । माननीय कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना ।

मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढे । मुख्य कामलाई यस रुपमा शुत्रवद्ध गर्न सकिन्छ ।

१. प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थितिपत्रको प्रकाशन ।

२. कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण ।

३. प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पञ्चवर्षीय योजना निर्माण ।

४. कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तीव्रता ।

५. आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालीन खर्च संरचना तयार गरी कार्यान्वयनको थालनी ।

६. प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) दाङलाई तोक्ने ऐतिहासिक निर्णय गरिएको छ ।

७. कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचान गरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण ।

८. सामाजिक र मानविय विकासका लागि शिक्षा, स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी ।

९. दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरीय अस्पतालहरुको क्षमता विस्तार गरी ५० श्ययायाको अस्पतालका रुपमा स्तरोन्नति ।

१०. लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी ।

११. चार वटा कोरोना विशेष अस्पतालको निर्माण र सञ्चालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका ।

१२. विश्वविद्यालय स्थापना सम्बन्धि छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय ।

१३. स्मार्ट कृषि गाउँ कार्यक्रम, हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम ।

१४ प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना ।

१५. आञ्चलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्बिनीवासीको भावना निर्माण ।

१६. सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता ।

१७. रणनीतिक सडक सञ्जालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण ।

१८. प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरीदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।

१९. सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शीता निर्माण ।

२०. प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन ।

२१. एक वर्षमा ४० हजार घरमा धारा जडान गर्न सफल ।

२२. सिंचाई, खानेपानी, तटबन्ध र सडकपुलमा शतप्रतिशतभन्दा बढी बजेट खर्च गर्ने क्षमताको विकास ।

२३. तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च शतप्रतिशत गर्न सफल ।

२४. केन्द्र र स्थानीय तहसँगको राम्रो समन्वय र सहकार्य ।

२५. औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्र गर्न सफल ।

२६. आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण ।

२७. केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा शतप्रतिशतभन्दा बढी बजेट परिचालन गर्न सफल ।

२८. केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजीकरण ।

२९. लुम्बिनी प्रदेशको दीर्घकालीन योजनाको आधार तयार ।

३०. ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।

३१. तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार ।

३२. प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ ।

३३. दुई वटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण ।

३४. प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको ।

३५. सूचना प्रविधि प्रतिष्ठान गठन भइ डिजिटल प्रदेश निर्माणको थालनी ।

३६. प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी ।

३७. पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको ।

३८. पालिकाहरुमा खेल पूर्वाधारको विकास र वहुद्देश्यीय भवनको निर्माण ।

३९. विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि ।

४०. मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था ।

४१. प्रदेशमा अवस्थित विश्वविद्यालयसँग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।

४२. मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिवी निवारणमा महत्वपूर्ण योगदान ।

४३. राज्यका तीन वटै सुरक्षा निकायसँग कोभिड–१९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना ।

४४. जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी ।

४५. सहरी क्षेत्रमा सडक पेटी निर्माणमा तीव्रता र पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा पूर्वाधारको विकास ।

प्रतिक्रिया
सम्बन्धित