२५ कार्तिक २०८३, बुधबार

राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ : उपाध्यक्ष ज्ञवाली

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूले राज्यसत्तालाई लक्ष्य होइन जनताको अवस्था बदल्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

पार्टीको दोस्रो मेचीनगर नगर अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार झापाको काँकडभिट्टामा उहाँले जनताको अवस्था बदल्न एमालले समृद्ध नेपाल र सुखी नेपालीको सुझबुझपूर्ण नारा अघि सारेको बताउनुभयो । अवसर र सुविधाका लागि राजनीतिको नेतृत्वमा पुग्न चाहने प्रवृत्तिलाई हटाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘सत्ता भनेको नेताले कुर्सी पाउने हो, राम्रो सुविधा र अवसर पाउने हो भन्ने गलत बुझाइ बनिरहेको छ’, उहाँले भन्नुभयो, ‘राजनीतिको नेतृत्व तहमा पुग्न चाहनेले सुविधा होइन, जिम्मेवारीको गह्रुँगो भारी बोक्न तयार हुनुपर्छ ।’