
काठमाडौं, ५ जेठ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक गरिएको हो ।
राजनराज शिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा शिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिनुभएको छ ।
गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भिर विष्टले साथ दिनुभएको छ । भिडियो निर्देशनसमेत विष्टले नै गर्नुभएको हो ।
प्रियंकाको यो भिडियोसहित आरजे इन्टरटेनमेन्टको औपचारिक युट्युव च्यानल सुरुवात गरिएको हो । सुरुवातको कोसेली स्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ ।
‘रमाइलोको साथी’नारासहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका विभिन्न खुराक पस्कने उदेश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका सञ्चालक राजु केसीले बताउनुभयो ।
गीत ‘आकाश उज्यालो’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ ।
सार्वजनिक दुबै गीतको भिडियोका निर्माण सल्लाकार सुवासराज काफ्ले हुनुहुन्छ । आरजेले यो वर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ ।








प्रतिक्रिया