
काठमाडौं, ६ जेठ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १ः१५ बजेदेखि सुरु हुँदैछ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको बैठक बिनाअवरोध चल्ने देखिएको छ ।
यद्यपि संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिनाअवरोध चल्ने देखिएको छ ।








प्रतिक्रिया