२५ कार्तिक २०८३, बुधबार

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ६ जेठ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

साथीहरू मिलेर नुहाउन गएका पौडेल अर्जुनखोलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेका पौडेलको खोजी गरेको थियो ।

मृत अवस्थामा फेला परेका पौडेलको शव पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।