शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अंग्रेजी नयाँ वर्षमा नवौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

दैनिक नेपाल २०७८ पुष १७ गते १८:१७

काठमाडौँ, १७ पुस । अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर आज नवौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै छ ।

नेवारी भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हःपुजा र भाईटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।

त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ। धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिएको नेपाली टोपी प्रतिष्ठानले उल्लेख गरेको छ ।

ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जुन एउटा अपभ्रम र मिथ्या मात्र भएको छ ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ ।

यो अभियानलाई थप ब्यापक र ब्यबस्थित बनाउने उद्देश्यले यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैर नाफामुलक ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भइसकेको छ ।

साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हाल सम्म ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ–आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।

विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई यही पुस १७ गते आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न विशेष अपिल गरिएको छ ।

सामाजिक सञ्जालहरू लगायत चौतारी, दौतरी तथा अन्य बिभिन्न ग्रुपमा नेपाली टोपी लगाएर खिचेको तस्बिर पठाउने मध्येका एक जना बिदेशमा बस्ने नेपालीलाई नेपाली संस्कृति तथा सदभावना प्रतिष्ठानको तर्फबाट ‘संस्कृति तथा सदभावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित गरिने भएको छ ।

आजसम्म नेपाली संस्कृति तथा सदभावना राजदूतको मानार्थ उपाधिले सम्मानित हुनेहरु यसप्रकार रहेका छन् ।

दिनेश बाला श्रेष्ठ (ईटली)

दीपक न्यौपाने (बेल्जियम)

निर्मल अर्याल (फ्रान्स)

बसन्त रानाभाट (स्पेन)

बिजय थापा (अमेरिका)

पुरू जोशी (दक्षिण कोरिया)

जीवन प्रसाई (स्पेन)

डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड)

योगिता थापा (बेल्जियम)

लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया)

मदन दवाडी (बेल्जियम)

डा. मनमूर्ति भुर्तेल (रसिया)

राजन काफ्ले (आयरल्याण्ड)

मिलन घिमिरे (थाईलैण्ड)

बालहरि राई (लक्जेम्बर्ग)

विष्णुमाया विभू (नर्वे)

सागर घिमिरे (म्यानमार)

कृष्ण प्रसाद पाण्डे (हङकङ)

प्रतिक्रिया
सम्बन्धित