बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

इलाम र बझाङमा आज उपनिर्वाचन

दैनिक नेपाल २०८१ वैशाख १५ गते ६:२३

काठमाडौं, १५ वैशाख । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ-१ का प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज निर्वाचन हुन लागेको हो ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभातर्फ इलाम-२ मा १९ र प्रदेश सभातर्फ बझाङ १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित