शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाल टेलिकमको मोबाइलमा ठूलो कम्जोरी

दैनिक नेपाल २०७८ साउन १४ गते ९:५६

काठमाडौं, १४ साउन । महोत्तरी जिल्ला जलेश्वरा नगरपालिका पर्सा पतैली–५ घर भई हाल काठमाडौं बस्ने राजेश रोई (राज) लामो समयदेखि साइबर अनुसन्धानमा सकृय रहेका युवा इन्जिनियारका रुपमा चिनिएका छन् । रोईले बिगतका समय बिभिन्न सामाजिका संजालको कम्जोरी पत्ता लगाइ पुरस्कृत भईसकेका पनि छन् ।

पछिल्लो समयमा नेपालकै ठूला डिजिटला कम्पनीहरूको कम्जोरी पत्ता लगाउन सक्रिय रहेका छन् । ३ दिन अगाडि मात्रै नेपाल टेलिकम र एनसेलको सुरक्षा गोपनीयता कम्जोरी पत्तालगाई सम्बन्धित कम्पनीलाई ईमेलमार्फत जानकारी गराएका छन् । केही त्रुटिलाई नेपाल टेलिकमले यो त्रुटी न भैई सुबिधा भनेर ब्याख्या गरेको छ ।

राजेशले भने यो सुबिधा नभई त्रुटि नै हो भनेका छन् । एनसेलले अहिलेसम्म पनि केहि जवाफ नफर्काएको जानकारी दिएका छन् । यस्ता सामाजिक संजालमा रहेका कमीकम्जोरी पत्ता लगाई नेपाली युवा इन्जिनियारहरू र बिद्यार्थी लाखौं पुरस्कारले पनि सम्मनित भएको हामीले देखेका छौं ।

नेपाली सूचना प्रबिधिको क्षेत्रमा यस्तो कम्जोरी पत्ता लगाई समबन्धित कम्पनीलाई बुझाउने राजेश सम्बभत पहिलो ब्यक्ति हुन् । यदि तपाईं नेपाल टेलिकमको मोबाइल प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलमा कति ब्यालेन्स छ भन्ने कुरा अर्को व्यक्तिले सजिलै थाहा पाउन सक्छ । तपाईंलाई के लाग्छ, यो सुविधा हो कि सुरक्षा कमजोरी ? तपाईंले टेलिकमको वेबसाइट तथा मोबाइल एपमा रहेको वेब रिचार्ज अप्सनमार्फत तपाईंले टेलिकमका जुनसुकै मोबाइल नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी थाहा पाउन सकिन्छ ।

यसका लागि तपाईंले जुन नम्बरको ब्यालेन्स थाहा पाउनुपर्ने हो, त्यसमा रिचार्ज कार्डमा रहेको पिन नम्बरबाट रिचार्ज गर्नुपर्ने हुन्छ । हुन त तपाईंला लाग्न सक्छ, मोबाइल रिचार्ज गरेर आफ्नो ब्यालेन्स कसैले जान्न चाहन्छ भने थाहा पाओस्, के फरक पर्छ । तर यो तपाईंको व्यक्तिगत जानकारी हो । यसको अर्थ तपाईंको अनुमति बिना अर्को व्यक्तिले यस्तो जानकारी सजिलै थाहा पाउने अवस्था बन्नुहुन्न ।

यो विषयलाई पनि टेलिकमका अधिकारीले सुविधाको अर्थमा व्याख्या गर्ने गरेका छन् । साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश यो विषयलाई कसैको बैंक खातामा थोरै रकम जम्मा गरेर उसको ब्यालेन्स थाहा पाउनु जस्तै संवेदनशील भएको बताउँछन् । ‘यो प्राइभेसी लिक भएको विषय हो’, उनी भन्छन्, ‘यस्तो जानकारी सम्बन्धित मोबाइलमा आउने ओटीपीको आधारमा मात्रै थाहा पाउन सकिने गरी सुरक्षित राख्न जरुरी छ ।’

त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल समेत यो विषय गोपनीयताको दृष्टिले संवेदनशील भएको बताउँछन् ।

‘प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्नु सम्बन्धित सेवाप्रदायकको दायित्वको विषय हो’, उनी भन्छन्, ‘कुनै प्रयोगकर्ताको मोबाइल ब्यालेन्स कति छ भन्ने कुरा नितान्त सम्बन्धित व्यक्तिको निजी जानकारी हो । टेलिकमले यस्तो जानकारी सार्वजनिक गर्न पाउँदैन ।’

रोचक कुरा के हो भने नेपाल प्रहरीले प्रयोग गर्ने सिमकार्ड क्लजयुजर ग्रुप हो भनेर सजिलै पत्ता लगाउन सकिन्छ । नेपाल प्रहरीले मासिका केहि रकम रिचार्ज गरे बापत ५० वटा डाटा नेपाल टेलिकमले दिने गरेको छ । यस्ले गर्दा प्रहरी अधिकारीहरूको समेत प्राइभेसी खुल्ने भएको एक प्रहरीले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित