७ श्रावण २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबार खरिददर १३३ रुपैयाँ ०२ पैसा रहेको थियो भने बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको थियो ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा कायम भएको छ । बिहीबार खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसाले कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रुपैयाँ १९ पैसा रहेको छ । बिहीबार खरिददर १६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रुपैयाँ २० पैसाले कारोबार भएको थियो ।

कतारी रियालको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।