शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रिमियर लिगका २ खेलाडीमाथि बलात्कारको आरोप

दैनिक नेपाल २०८१ वैशाख १३ गते १०:१७

म्याड्रिड, १३ वैशाख । प्रिमियर लिगका खेलाडीहरु फेरि एक पटक बलात्कारको मुद्दामा फसेका छन् ।

दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको थियो । उनको सूचनामा उनका साथी खेलाडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि दुवै जना धरौटीमा रिहा भए पनि प्रहरीले दुवैलाई अभियुक्त बनाएको भने जनाइएको छ ।

जसका लागि दुवै खेलाडी खेल्छन् ,त्यस क्लबले पनि खेलाडीलाई कारबाही गर्ने संकेत गरेको छ तर कारबाही कहिले र के गर्ने ? यो अझै स्पष्ट भएको छैन् । तर, मुद्दाको अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने खुलाइएको छैन् ।

पक्राउ परेका दुई खेलाडीलाई मुद्दाको अनुसन्धानको नतिजा नआउन्जेल निलम्बन गरिएको हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन् । क्लबका प्रवक्ताले घटना अहिले प्रहरीको हातमा रहेकोले यस विषयमा क्लबले कुनै प्रतिक्रिया नदिने बताए ।

मिडिया रिपोर्टका अनुसार कथित बलात्कार शुक्रबार राति भएको थियो । पीडितले घण्टौंपछि प्रहरी अधिकारीहरूलाई सम्पर्क गरे र बलात्कार र आक्रमणको औपचारिक उजुरी दर्ता गरेका थिए । मेडिकलमा बलात्कार भएको पुष्टि भएपछि प्रहरीले १९ वर्षीय फुटबल खेलाडीलाई रंगशालाबाट पक्राउ गरेको थियो । सोधपुछ गरी रातभर लकअपमा राखे ।

उनका १९ वर्षीय साथीलाई भोलिपल्ट पक्राउ गरिएको थियो । दुवैमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । थप सोधपुछका लागि बोलाएपछि उपलब्ध हुने सर्तमा प्रहरीले दुवै खेलाडीलाई धरौटीमा रिहा गरेको हो । क्लबको अनुमति लिएर मात्रै रंगशाला प्रवेश गरेपछि प्रहरीले दुवै खेलाडीलाई पक्राउ गरेको हो ।

तपाईंलाई भनौँ कि प्रिमियर लिग धेरै हाईप्रोफाइल सेक्स स्क्यान्डलका कारण हेडलाइनमा रह्यो । म्यान युनाइटेड स्ट्राइकर मेसन ग्रीनवुड, द्दद्द, द्दण्द्दद्द मा बलात्कार प्रयास को लागी गिरफ्तार पछि निलम्बन गरिएको थियो । मुद्दामा क्लिन चिट पाएपछि उनी स्पेनिस फुटबल क्लबबाट खेलिरहेका छन् ।

म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर २९ वर्षीय बेन्जामिन मेन्डी गत वर्ष दुईवटा ट्रायलपछि बलात्कारको आरोपबाट सफाइ पाएका थिए । उनी अहिले फ्रान्सेली फुटबल क्लबबाट खेल्छन् ।

प्रतिक्रिया
सम्बन्धित