बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

‘च्याँखे दाउ र राष्ट्रवादको मुकुण्डो’

वि वि श्रेष्ठ २०७८ फागुन २१ गते १४:११


-वि वि श्रेष्ठ

अन्ततः नेपाली जनताको चाहना वेगर पनि विभिन्न उतारचढावको वावजुद वहुचर्चित एमसीसी संसदवाट पास भएको छ ।

हिजोसम्म एमसीसी कुनै पनि हालतमा पास हुदैन भनेर सेन्टिमेन्ट नेपालका नेताहरु व्याख्यात्मक एकतर्फी घोषणा गरेर पुन जनताको सेन्टिमेन्ट लिन कम्मर कसेर लागेका छन् ।

लाग्दछन्, नेपालका जनता सधै भेडा हुन् । नेताहरु भगवान र जनताहरु उनिहरुका भक्त हुन् । यो भ्रमको खेतीमा नेपालका नेताहरु पुन सफल देखिएका छन् ।

यो नेताहरुको दृष्टिदोष हो कि राष्ट्रवाद, यसमा धेरै घोत्लिन जरुरी छैन, किनकी नेपाली जनताहरु नेताले सोचे जस्तो साँच्चैकै भेडा भने छैनन ।

नेपालको राजनितीको धेरै वहस भएको विषय एमसीसी साँच्चै राष्ट्रघात हो कि होईन ? यसमा अवका दिनमा सुक्ष्म विश्लेषण हुन आवश्यक छ ।

केही दिनसम्म राष्ट्रघात देख्ने नेता र राजनैतिक दलहरु एमसीसीको सम्झौतामा दुवै पक्षवीच कुन कुन विषयमा सम्झौता पुर्नलेखन भयो ?

यसमा राजनैतिक दल र त्यसको नेतृत्वले आम जनतालाई जवाफ दिनुपर्देन ? व्याख्यात्मक एकतर्फी विश्लेषणले आम नेपाली जनताले चाहेजस्तो एमसीसीमा परिमार्जन हुन्छ ?

विषयवस्तुको गाम्भिर्यतामा भन्दा सत्ता र शक्तिमा लिप्त रहेर एकतर्फी व्याख्यात्मक घोषणा भनेको मुतको न्यानो जस्तो हो ।

जुन निश्चित हावाको गति सँगै विलिन भएर जान्छ । अनुकुलतामा राष्ट्रवाद देख्ने नेताहरुले आम देश र जनताको दिर्घकालिन असर र प्रभावको वारेमा सोच्नु पर्देन ?

एमसीसी प्रकरणसँगै नेपालको राजनैतिक दलको मुखुण्डो उतारिदिएको छ । लाज ढाक्ने टालोले दिर्घकालिन सकारात्मक महत्व राख्दैन ।

अहिले सत्ता र शक्तिका लागी साटिएको राष्ट्रवादको मुकुट कहिलेसम्म ढाकिन्छ भन्ने वारेमा आम नेताहरुको उदासिनताले नेताहरुको राष्ट्रवादको चरित्र छर्लङ्ग भएको छ । जुन त्यति सजिलै पुर्नजिवित गराउन सम्भव छैन ।

जनताकाका संवेदनमा खेल्न माहिर नेताहरु अझै पनि जनताको भावनामा खेल्न उद्यृत रहनुले आम जनताको चेतनास्तर मापन गरेको छ ।

नेताहरुको हनुमान र पिछल्गु हुनकाु फाईदा आम नेताहरुले राम्रो सँग उपयोग गरेका छन् ।

जसले गर्दा हाम्रो पुस्ता मात्र होईन, पुस्तौ सम्मलाई हामी कुपात्रका मतियारका का रुपमा दर्जित वनिरहेका छौ ।

नेताहरुले देश हित विपरित गरेको विभिन्न असमान सन्धीले देश र जनताको अस्तित्वमा पटक पटक धावा वोलिरहेको सन्र्दभमा पुन एमसीसी जस्तो असमान सम्झौता गरेर हामीले आफनो चेतनाको स्तर प्रस्तुत गरेका छौ ।

सम्झौता अल्पकालिन हित हुन्छ कि दीर्घकालिन भन्ने विषयमा समेत सोच्न नसकेको सन्र्दभमा पनि हामीहरु नेताहरुको मतियार वन्दै गर्दा पुस्तौ पुस्ताले सोध्ने विषयमा हामी सोचनिय वन्नु पर्देन ? कि मरेपछि डुमै राजा भनेझै हो ?

यस्ता अल्पकालिन सोच र स्वार्थका पुजारीको पछाडी लागेर हामी हामीले आफनो देश र सन्ततीको भविश्यमाथी खेलवाड त गरिरहेका छैनौ ? प्रश्नहरु अनुत्तरित रहेका छन् ।

क्रान्तिकारिका वोलिमा हैन, व्यवहारमा यसको पुष्टि हुनुपर्दछ ।

जसको आत्मासात कमैले गरेका छन् । वोलिने र गरिने व्यवहारको भिन्नता छुट्टयाउने चेतनाको दियो अव वल्नु पर्दछ ।

नेताहरुको पटक पटकको व्यहावर यो कसीवाट धेरै टाढा पाईनछ । व्यक्ति विशेष अथावा अमुकतामा होईन, सर्वलतामा नै यो अल्पगुणको भुमिकाले राज गरेको पाईन्छ ।

यहि मेलोमा पिल्सिएको आम सर्वसाधारण भने भीडको मतियारमा दर्जित वनिरहेका छौ । जुन आम विषय वनेको छ ।

स्वार्थता पनि सहजतामा अनुकुल र पाच्य लाग्दछ तर अनुकुलता र प्रतिकुलतामा पनि स्वार्थताका रेसाहरु जर्जर वनेर आँउदा भोगिने पीडाका आँकलन सायद कमैले गर्लान् ।

नेपालका राजनिती र राजनैतिक पार्टीहरु समग्रतामा पृथक कोही देखिएन् ।

समाज परिवर्तनका लागी जनयुद्ध लडेका माओवादी पार्टी पनि संसदीय भासमा भासिएपछि सरकार र सत्ताका लागी यति धेरै निर्लज्ज वनिदियो, कि जुन आम जनताले कल्पना समेत गरेको थिएन ।

आफुलाई प्रजातान्त्रिक आन्दोलनका अगुवा सम्झने राजनैतिक दलहरुको राष्ट्रघात त नेपालको ईतिहासमा पटक पटक स्वखलित भएको नै हो ।

जुन रंगमंचमा पल पल रंगमंचित भएका थिए । एक्काईसौ शताव्दीमा पनि नेताहरुको अभिव्यक्ति हेर्ने हो, जुन न्युनतम आधारस्तम्भमा पनि पाईदैन ।

जता पनि वोल्ने र ढल्कने सकने पारंगत नेताहरुको गुलामी गर्ने हाम्रो सोचहरु नै विकास र परिवर्तनका वाधक हो भन्ने कुरामा अव कुनै शंका रहेन ।

पात्र फरक भएता पनि प्रवृत्तिमा समानता । जुन देश र जनताको हक हितमा देखिएन ।

राजनिती र देशमा देश साध्य वन्नुपर्दछ । तर यहाँ त स्वार्थ साध्य वनिदियो । स्वार्थ र सत्ताको खेलले निश्चित समयसम्म राज गरेता पनि अन्तत आत्मिक विचलन आई पछुताउनुको विकल्प छैन ।

व्यक्तिको निजी जीवनमा त आएको घटनाक्रमले अन्तत परिणामको महशुश गराउनेछ भने समाज र देशका लागी गरिएका राष्ट्रघातले अवश्य नै पोल्नेछ ।

सरकार वन्नु र भत्कनु राजनितीमा समान्य कर्म हुन् । जनतालाई भजाएर देश हित विरुद्ध कार्य गर्नु भनेको राष्ट्रघात हो । जुन राष्ट्रघात विभिन्न कालखण्डमा विभिन्न पात्रवाट भए । एमसीसी पनि यसको एउटा पटाक्षेप हो ।

जिम्मेवारीता र दायित्ववोध हुने हो भने देश वनाउनका लागी कसैको पनि गुलाम गर्नुपर्देन । सरकार वन्नु र भत्कनु राजनितीमा समान्य कर्म हुन् । जनतााई भजाएर देश हित विरुद्ध कार्य गर्नु भनेको राष्ट्रघात हो ।

जुन राष्ट्रघात विभिन्न कालखण्डमा विभिन्न पात्रवाट भए । एमसीसी पनि यसको एउटा पटाक्षेप हो ।

विग्रिएको नेपालको राजनितीलाई सही ट्रयाकमा ल्याउनका लागी नेपालको यहि राजनैतिक दलहरुको समयकालिन नेताहरुवाट सम्भव छैन भन्ने कुरामा अव हामी दुविधाग्रस्त हुनुहुदैन ।

च्याँखे थापेर राष्ट्रवादको मुकुण्डो नलगाएको नै वेश । नेपालका जनताहरु त्यति वुज्रक छैनन्, त्यती अचेतन छैनन, जुन नेताहरुले सोचिरहेका छन् ।

सडकमा क्रान्तिकारिताका ज्वाला ओकलेर सरकार र सत्ताको वार्गेनिङ्ग गर्ने नेताहरु अव तिमीहरुको खैरियत धेरै टाढा छैन ।

देश र जनता भन्दा ठुला कसैका स्वार्थ हुन सक्दैनन् । जुन निर्लज्जताका साथ पटाक्षेप भईरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित