३१ जेष्ठ २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा तोकिएको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४९ पैसा रहेको थियो ।

आज बेलायती पाउण्डको खरिददर १६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसाका दरले कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।