७ श्रावण २०८३, बिहिबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल गर्न बसेको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ भने सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ ।

बुधबार ती समूहका नेताहले छलफलको निष्कर्षबारे बैठकमा प्रस्तुत गर्नेछन् भने त्यसपछि निर्णय पारित गर्दै केन्द्रीय कमिटीको बैठक समापन हुने जनाइएको छ ।

एकीकृत समाजवादीले आगामी असर १० देखि १६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ ।