काठमाडौं । इन्डोनेसिया जाने तयारीमा रहेकै बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति अग्रवाल रिहा भएकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार हाजिर जमानीमा छाडेको हो।
सीआईबीका अनुसार अदालतमा उपस्थित हुने प्रतिबद्धतासहित उनलाई रिहा गरिएको हो। ब्युरोका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले स्वास्थ्यमा जटिल समस्या देखिएकाले हाजिर जमानीमा छाड्ने निर्णय गरिएको जानकारी दिएका छन्।
डा. अग्रवाल विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवालविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी हुन्। उनी दीपेन्द्रकी दिदीसमेत हुन्।
अनुसन्धानका क्रममा डा. ज्योतिको बैंक खाताबाट दीपेन्द्रको खातामा रकम स्थानान्तरण भएको देखिएपछि उनलाई पनि मुद्दामा समेटिएको थियो। उनीविरुद्ध अदालतमा फरार प्रतिवादीका रूपमा अभियोगपत्र पेस गरिएको थियो।
यसअघि सोही मुद्दामा पक्राउ परेका दीपेन्द्र अग्रवाल गत कात्तिक १९ गते काठमाडौं जिल्ला अदालतको आदेशमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।












प्रतिक्रिया