३१ जेष्ठ २०८३, आइतबार

मुगुका किसानलाई भेडासहित भेडापालनका सामाग्री

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १ जेठ । पशुपालनलाई जिविकोपार्जनको आधार बनाउँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्मारोङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो । किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ ।

कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग वितरण गरेको हो ।

कार्यालयका प्रमुख भीमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताउनुभयो ।

स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएका छन् । तर उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन् ।