सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

दैनिक नेपाल २०८१ जेठ २ गते ७:५८

काठमाडौं, २ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ ।

गएराति सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो । विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए ।

त्यस्तै, सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित