शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मोटरबाटोले गाउँको मुहारै फेरिएको छ, स्थानीयवासीको जनजीवन सहज

दैनिक नेपाल २०७८ फागुन ५ गते १३:१२

गलकोट, ५ फागुन । आङ् सिरिङ्गै हुने भीरपाखा । बस्तुभाउ उकाली–ओराली गराउँदासमेत समस्या । जिल्लाकै बढी भौगोलिक रुपमा भिरालो जमिन भएको पालिका हो, बागलुङको तमानखोला गाउँपालिका ।

अहिले त्यही आङ्ग सिरिङ्गै हुने भीरमा बाह्रै महिना सवारी गुड्दै आएका छन् । तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीका कली छन्त्यालले यस्तो भीरपाखामा मोटर गुड्लान भनेर कहिलै नसोचेको बताउनुभयो । घर अघिबाट दैनिक सवारी गुड्दा छन्त्यालले विकासको अनुभुती गर्नुभएको छ ।

“मोटरबाटोले गाउँको मुहारै फेरिएको छ, तारे भीर काटेर मोटर आउँलान भन्ने सोचेकै थिएनौं, चार वर्र्ष अघि सम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभान सम्म नै ६ महिना सवारी देखिदैन्थें”, उहाँले भन्नुभयो, “अहिले मोटरेवल पुल बनेपछि गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा बाह्रैमास सवारी आउँछन्, गाउँका साना–साना खोलामा समेत हिमपाइप राखिएको छ, खोला बढ्दा एक दुई दिन समस्या हुन्छ नत्र बाह्रैमास गाउँमा सवारी गुड्छन् ।”

पहिला पहिला सडक नहुँदा बिरामीलाई मान्छेले डोकोमा बोकेर लैजानु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो । अहिले मोटरबाटोले गर्दा बिरामीहरु गाडीमै अस्पतालसम्म पुगेर उपचार गराउन पाउने भएकाले यहाँका स्थानीयवासी खुसी भएका छन् । बागलुङको सबैभन्दा बिकट मानिने तमानखोलाका सबै टोल सडक सञ्जालसंग जोडिका छन् ।

गाउँपालिका स्थापना भएको पाँच वर्षमा यहाँका २७ वटै बस्तीमै सडक पुगेको छ । गाउँपालिकाका अनुसार पाँच वर्षमा गाउँपालिकाले १२९ किलोमिटर सडक निर्माण गरेको छ । विकास पूर्वाधारका हिसाबले स्थानीय तह गठन हुनुपूर्व यहाँका नागरिकको दैनिकी कष्टकर भएपनि अहिले सडक निर्माणले जनजीवन सहज भएको छ । बाह्रैमास सडक सञ्चालनका लागि मोटरेवल पुल र पुल नबेको खोलामा कल्र्भट समेत बनाइएको छ ।

पाँच वर्ष अघिसम्म मोटरबाटोले गाउँहरु जोडिएका थिएनन् । त्यसले गर्दा तमानखोलावासी घण्टौँ लगाएर दैनिक उपभोग्य सामान घोँडाखच्चडमा ढुवानी गर्थे । तर घोँडाखच्चड हिँड्ने गोरेटो बाटो अहिले मोटरबाटोमा परिणत भएका छन् । भौगोलिक हिसाबले पिछडिएको यस ठाउँमा सडक निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको थियो । गाउँपालिका, गण्डकी प्रदेश र सङ्घीय सरकारको सहयोग र सहकार्यमा यहाँका विभिन्न सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ । गाउँ–गाउँमा सडक पुगेपछि आमनागरिकको दैनिकी फेरिएको छ ।

छ वडा रहेको तमानखोलाका वडा नं ६ नर्जाखानी, भित्रिवन र पात्ले गाउँ सबैभन्दा दुर्गममा पर्छन् । यी गाउँमा मोटरबाटो आउँला भनेर स्थानीयवासीले कहिल्यै कल्पना समेत गरेका थिएनन् । आम नागरिकको चाहना र माग बमोजिम गाउँपालिकाले सडक पु¥याइएको छ । मोटरवल सडक सञ्जालमा जोडिनु पूर्व यहाँका स्थानीयवासीलाई सामान किनमेलका लागि घण्टौँ लगाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । सडक सञ्जालमा जोडिएपछि अहिले त्यहाँका बासिन्दा एक ढेड घण्टामै बुर्तिबाङ बजार आइपुग्छन् ।

सडक सञ्जालले गाउँ जोडिएपछि अहिले डोकोमा सामान बोकेर उपभोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयवासी मनबहादुर सिर्पालीले बताउनुभयो । “मोटरबाटो त हाम्रा लागि बरदानै सावित भयो, अन्धकारबाट उज्यालोमा आएको जस्तै भएको छ”, उहाँले भन्नुभयो । गत वर्षसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभान सम्म पनि बाह्रै महिना गाडी चल्दैन्थें । यस वर्ष भालिबाङखोला र लुकुरबनखोलामा मोटरेवल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुने भएको छ ।

गाउँपालिकाअन्तर्गत २७ गाउँ बस्ती छन् । ती सबै बस्तीहरुमा सडक सञ्जाल पुगिसकेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले यहाँका बासिन्दा घरदेखि पाँच मिनेट पैदल यात्रा गरेमा मोटर चढ्न सक्ने गरी सडक सञ्जालमा जोडिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष बुढा मगरले आफूहरु जनप्रतिनिधि भएर आएपछि पालिकाभर १२९ किलोमिटर सडक निर्माण गरेको जानकारी दिनुभयो । यस अवधीमा गाउँपालिकाले सडक निर्माणका लागि रु। १० करोडभन्दा बढी लगानी गरिसकेको जानकारी दिनुभयो ।

अहिलेका सडकलाई चौडा पार्ने, नाली निर्माण गर्ने र निरन्तर सवारीका साधन चल्ने गरी काम अगाडी बढाइने उहाँको भनाइ छ । “जनप्रतिनिधि भएर आउँदा तमानखोलाका गाउँ सडक सञ्जालसँग जोडिएका थोरै थिए, हामीले नागरिकको आवश्यकता र मागका आधारमा सडक निर्माण ग¥र्यौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अहिले गाउँपालिकाको २७ वटै बस्तीहरुमा सडक पु¥याएका छौँ, अब यी सडकहरुको स्तरोन्नतीतर्फ ध्यान दिएका छौँ, गाउँपालिकाको गुरुयोजना बनाएर प्रदेश र सङ्घमा समेत बजेट माग गरिरहेका छौं ।”–रासस

प्रतिक्रिया
सम्बन्धित