
काठमाडौं, ५ जेठ । संसदको गतिरोध अन्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवा सहभागी हुनुभएको हो ।
रास्वापा सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ ।
यसअघि कांग्रेसको माग र संसदको गतिरोधबारे प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै आउनुभएको थियो ।
आज शनिबार पहिलोपटक यो विषयमा सत्तारुढ दल र प्रतिपक्षीबीच छलफल भएको हो ।








प्रतिक्रिया