आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

बयान नसकिएपछि रवि लामिछानेलाई हिरासत फर्काइयो

दैनिक नेपाल २०७६ भदौ ८ गते १७:२८


भरतपुर, ८ भदौ । आत्महत्या दुरुत्साहन मुद्धामा बयानका लागि जिल्ला अदालत चितनव लगिएको टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई फेरि हिरासतमै फर्काइएको छ ।

आज अभियुक्तमध्ये रुकु भनिने नर्स अस्मिता कार्कीको मात्र बयान भएपछि लामिछाने, कार्की र युवराज कँडेललाई अदालतले हिरासतमै फर्काइदिएको हो ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्दै यी तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चिवतनले ५ वर्ष कैद र ५० हजार जरिवाना (हैदसम्मको कारवाही) माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।

जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो ।

आज कार्कीको बयान सकिएको र भोलि लामिछाने र कँडेलको बयान हुने चितवन जिल्ला अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्कीले बयानमा लामिछानेसँग आफू साथीको रुपमा रहेपनि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दाबी गरेकी छन् । उनले यो अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन् ।

बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि मात्र साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने अदालतले टुंगो लगाउनेछ ।

पत्रकार पुडासैनीले गएको साउन २० गते चितवन नारायणगढको एक होटलमा आत्महत्या गरेका थिए । उनको साथबाट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको भिडियो प्राप्त भएको थियो ।

त्यसपछि साउन ३० गते प्रहरीले यी तीनै जनालाई काठमाडौँबाट पक्राउ गरेको थियो भने १३ दिने काजकिरिया सकिएपछि पुडासैनी परिवारको तर्फबाट किटानी जाहेरी परेको थियो ।

यो पनि पढ्नुहोस्

-रवि लामिछानेलाई पाँच वर्ष कैद र ५० हजार जरिवानाको माग गर्दै मुद्धा दर्ता

कालाकारहरु भन्छन् : रवि लामिछानेको पक्राउ प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्छ

राजनीतिको कुरुप चित्र, रविहरूको उदय र समाजको मनोदशा 

रवि लामिछानेलाई आईजीपी खनालको जवाफ : हिरासतभित्र कोही पनि असुरक्षित हुँदैन

रवि लामिछानेकी पत्नीले ‘क्षेत्राधिकार बाहिर’को उजुरी दिन खोजेपछि प्रहरीले फिर्ता पठायो

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीन जनालाई ५ दिनको म्याद थप

प्रधानमन्त्रीलाई काट्छु भन्दै रविका समर्थक नाङ्गो खुकुरीसहित ‘लाइभ’ आएपछि..

रवि लामिछानेका समर्थक घट्न थाले, १३ जना पक्राउ

रवि लामिछाने संघर्ष समितिका अध्यक्षको राजीनामा, राजनीति र अतिवादी छिरेको भनाई

रवि लामिछानेका समर्थकको आन्दोलन : धमिलो पानीमा माछा मार्ने चलखेल

रविका समर्थकले ‘उग्र’ प्रदर्शन गरेपछि चितवनमा शान्ति र्‍याली निकालियो

रवि लामिछानेकाे सम्पत्ति छानविन गर्न युवा संघका सहसंयाेजककाे माग

रवि लामिछानेका समर्थकलाई लक्षित गरी भरतपुरमा निषेधाज्ञा जारी

रवि लामिछाने नियन्त्रणले भएको प्रदर्शनलाई निरुत्साहित गर्न नेकपा र कांग्रेस सहमत

रवि लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरी

रामप्यारीको मृत्यु र रवि लामिछानेका फ्यान !

रवि लामिछाने कानुनमाथि छैनन् : मन्त्री ज्ञवाली

रवि लामिछानेका समर्थकलाई शनिबार बिहान ‘काउन्टर’ जवाफ, माहोल मोडियो

कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल पक्राउ

रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना पक्राउ

आत्महत्या गरेका पत्रकार पुडासैनीको भिडियो : रवि लामिछाने तिमी जस्तो भ्रष्ट कोही छैन !

पत्रकार पुडासैनी आत्महत्या : प्रहरी अनुसन्धान ‘रवि लामिछाने र सिधा कुरा’तिर सोझिन सक्ने !

प्रतिक्रिया
सम्बन्धित