बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

रवि लामिछानेका समर्थकलाई शनिबार बिहान ‘काउन्टर’ जवाफ, माहोल मोडियो

दैनिक नेपाल २०७६ साउन ३२ गते ९:२९

भरतपुर । माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन र न्याय दिलाउन भन्दै आफन्त र शुभेच्छुकहरूले चितवनमा प्रदर्शन गरेका छन् ।

उनीहरूले शनिबार बिहान प्लेकार्डसहितको जुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफूलाई मर्न बाध्य पारेको बताएपछि अनुसन्धानका लागि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका छन् ।

उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्‍याइएको थियो । शुक्रबार पाँच दिन म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ ।

शुक्रबार दिनभर लामिछानेका समर्थक, राप्रपा र राजावादीहरूले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाइने भन्दै नाराजुलुश गरेको चर्चा थियो ।

शनिबार बिहानै चितवनका स्थानीय युवाहरूले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चौवीसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।

यो घटनाले लामिछानेका कथित शुभेच्छुकहरूलाई झट्का लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित