१२ मंसिर २०८३, शनिबार

तर्साउने, धम्क्यायो भनेर कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुन्छ : प्रदीप पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको बताएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको भन्दै प्रश्न गर्न वा बोल्न नछोड्ने बताएका हुन् ।

उनले तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासले आफू नडराउने र कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुने उल्लेख गरे ।

उनले स्थानीय तहको कार्यकाल सकिँदा नयाँ निर्वाचित प्रतिनिधि छानिनुपर्ने भए पनि सरकारले निर्वाचनको तयारी नगरेको बताए ।

संघीय निर्वाचनमा जित्न नसके पनि अब स्थानीय तहको निर्वाचन जिताएर कांग्रेसप्रति जनताको विश्वास कायम रहेको प्रमाणित गर्नुपर्ने उनको भनाई छ ।

उनले आगामी निर्वाचनका लागि टिकट प्रक्रियामा प्राइमरी प्रोसेस लागू हुने धारणा राखे ।