६ कार्तिक २०८३, शुक्रबार

कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । टिभि कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले रवि लामिछाने र युवराज कंडेललाई पक्राउ गरेको हो ।

प्रहरी परिसर र चितवनको संयुक्त टोलीले टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालय चितवन पठाइदैछ ।

पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेसहित तीन जनाको कारण जीवन त्याग गर्नुपरेको भनि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएकाे थियाे ।

भिडियो सार्वजनिक भएसँगै प्रहरीले आजै दिउँसो रुकु भन्ने अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिइसकेको छ ।