काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ ।
गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ ।
गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् ।
गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रेम र मायापिरतीका भाव समेटिएको गीतले जीवनलाई खुसीका साथ बिताउनुपर्ने सन्देश दिएको छ । दुई दिनको जिन्दगीमा अनावश्यक पीर र चिन्ता लिएर बस्नुभन्दा हाँसेर र रमाएर जीवन बिताउनुपर्ने भाव गीतमा छ ।
प्रेमिल भाव र जीवनप्रतिको सकारात्मक सन्देश समेटिएको गीतले दर्शक तथा स्रोताको मन जित्ने निर्माण टिमको विश्वास छ ।
गीतको भिडियो निर्देशन पनि विपिन आचार्यले नै गरेका हुन् ।
भिडियोमा गायिका थपलिया स्वयंको अभिनय छ ।
भिडियोको क्यामेरामा दिपेन बस्न्यात, दुर्गा पौडेल र विजय रुम्बा रहेका छन् ।















प्रतिक्रिया