काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
एमालेले निर्दोष नागरिकको ज्यान जानेगरी हुने हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्यमान्यताविपरीत रहेको जनाएको छ ।
एमालेले विश्व शान्तिको पक्षमा आफूहरू सधै प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भर्त्सना गरेको छ ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।















प्रतिक्रिया