२९ आश्विन २०८३, बिहिबार

रामप्यारीको मृत्यु र रवि लामिछानेका फ्यान !

90.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

थाहा छ, एउटा झुन्ड छ । एउटा गैरबौद्धिक भिँड छ । एउटा मिहिन अध्ययन नगरी लहडमा उत्रिएको जमात छ । त्यो जमातको काम जसले आलोचना गर्छ त्यसको हुर्मत लिनु हो । सामाजिक सञ्जाल त यति असामाजिक भइसकेछ कानुनी व्याख्या गरेका एक जना दाई वकिल स्वागत नेपाललाई मार्छु भन्नेको पनि अधिकतम म्यासेज संप्रेशषणको केन्द्र बनेछ । नौलो होइन । लोकतन्त्रमा जो कोही जिम्मेवारी लिएर बसेको हुन्छ उसको आलोचना गर्न पाउने संवैधानिक अधिकार हुन्छ । यो देशमा कानुनको सही परिचालन गर्न सक्ने मानिसको कमी हुनसक्छ, कानुन त लिखित छ । अनुमोदित छ । त्यसलाई तोडमोड गरी अहंकारको दबदबा लगाउने ठूलो आकार हुनसक्छ तर त्यसलाई मान्ने एक थोप्लो मानिस पनि छन् भन्ने विषयलाई विर्सन हुन्न ।

शीर्षकले पस्कन खोजेका तीनवटा सतहमा देखिएका तथ्य छन् । यसको परिणाम थाहा छ– कतिपय धम्कीका एसएमएस आउलान्, आवेग र उत्तेजनाका प्रतिक्रिया आउलान् । व्यक्ति, व्यक्तित्व र उसको कर्मका बारेमा बुझ्न आवश्यक नठानी भिड र लहैलहैको जवाफ आउला । अन्तिम सत्य भनेको न्याय हो । व्यवाहारिकतालाई बुझ्ने कोशीश नहुन पनि सक्ला, हुलहुज्जतमा ।

माइतिघरमा शनिबारको फूर्सद विसाउने ठूलो भिडमा एक युवती भन्दै थिइन्– आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछानेलाई फसाउन यस्तो हर्कत गरे, उनले आत्महत्या गर्ने भए किन यति ढिलो गरे ? किन चितवन पुगेर गरे ? मनमनै सोचें– हे राम ! कलियुग भनेको यहि हो । युट्युवर प्रश्न गर्दैथिए,‘उनीहरूका बारेमा जान्नुहुन्छ ?’

ति युवतीको उत्तर थियो– पुडासैनीका बारेमा धेरै जान्दिन तर रवि निर्दोष छन् । फेसबुकमा हेर्दा नै थाहा हुन्छ, उनी निर्दोष छन् ! प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा सापटी लिँदै भन्न मन लाग्छ– ताज्जुब लाग्छ । कोही भन्नेवाला छैन, अनुसन्धानको पाटो गतिलो बने राम्रो हुनेछ, फसाउने या दबाउने षडयन्त्र नहोस् !

भिडको अर्को प्रश्न छ– प्रहरीसँग भएको त्यो पुडासैनीको भिडियो कसरी पत्रकारका हातमा पुग्यो ? त्यहाँमाथि किशोर श्रेष्ठकै हातमा कसरी पुग्यो ? दुर्घन्तित चित्त बोक्नेहरूको जस्तो प्रश्न हो यो । बारम्बार लामिछानेले नाम लिने श्रीषा कार्की प्रकरणको तस्बिर पनि किशोर श्रेष्ठकै हातमा पुगेको थियो भन्ने हेक्का राख्न पर्दथ्यो ।

उनको बारेमा मेरो विश्लेषण यत्ति हो– राज्यको कमजोर व्यवाहारिक पाटोविरुद्ध खरो पनि नभनौ, हुर्मत लिनेगरी बोलेका कारणले राज्यसँग रिसाएकाहरूको समर्थन पाएका एक पाहुना हुन्, लामिछाने

किशोर श्रेष्ठमात्र होइन, हरेक मिडियामा पुग्न सक्छन् यस्ता भिडियो । रवि लामिछानेका हातमा पुगेका भिडियो र इभिडेन्सहरू, कसरी पुगे ? यो प्रतिप्रश्न उत्तर हुन सक्छ । तर, यतिले नपुग्ने भयो, अब ।

कतिपय नियतका खेल हुन्छन्, कतिपय नियतीका झेल हुन्छन् । यी दुई मध्ये जे प्रकरणमा लामिछाने, युवराज कँडेल वा अस्मिता कार्की परेका हुन् त्यसको न्यायीक निरुपण होला । अनुसन्धानका क्रममा रहेका विषयमा त्यति धेरै प्रभावित बनाउन आवश्यक ठाँनिदैन । तर तीन जना पक्राउ गरिएका ठाउँमा रविलाई उन्मुक्ति दिएर दुईजनालाई सजाय तोके, यो भिडले जीतेको महसुस गर्नेछ । भिडले बिजय र उत्सवको नारा लगाउनेछ ।

अब शीर्षकतिर केन्द्रित हौं । रामप्यारी थापाको मृत्यु ओम अस्पतालमा गलत उपचारका कारण भएको थियो । सिन्धुपाल्चोककी ति महिलाको मृत्यु प्रकरण अस्पतालको लापरवाहीका कारण भएको थियो । दुनियाँको दिल जित्ने रवि लामिछानेलाई पीडित पक्षले यसका बारेमा बलियो प्रस्तुती गरिदिन आग्रह गरेका पनि हुन् । त्यहि प्रहरी जसले रविलाई समातेको छ, उसैले पीडितका परिवार र आफन्तलाई तितरवितर मात्र पारेन । घाँटी न्याकेका तस्बिरसम्म बाहिर आए । अहिले समर्थन गरिरहेको ‘लामिछाने झुन्ड’ले कत्ति पनि प्रश्न गरेन कि ‘रवि दाई त्यो समाचारलाई बलियो बनाऔं, ओम अस्पतालमा यस्ता धेरै घटना भए खुइल्याऔं ।’ पीडितले भनेका थिए, लामिछानेले त्यसलाई मुद्दा बनाएनन् ।

यो शीर्षकको दोस्रो भागसँग जोडिने कारण हो– ससुराको सम्पत्ति । हो, ओम अस्पतालबारे रवि लामिछानेले मुद्दा बनाउन मिल्दैन किनकी त्यो भर्खरै भित्राइएकी दुलही निकिता पौडेलका बुवा उद्धव पौडेलको लगानी र सञ्चालक समितिमा रहनुको कारण बन्छ । ससुराको सम्पत्ति लगभग पत्नीकै हो । पत्नी आफ्नी भएपछि सम्पत्ति पनि लगभग आफ्नै भए सरह हो । त्यसैले आफ्नो सम्पत्तिको चिरहरण गर्न सकिँदैन, जसरी अरुको हुर्मत लिइन्छ । रवि लामिछानेका परिचयका अन्य आयामहरू पनि छन् । ति केही समयपछि भन्न सकिनेछ । उनी हक्की प्रस्तोता हुन् यसको अर्थ उनी महापुज्य होइनन् । उनी सेलिब्रिटी हुन सक्लान् तर राज्य होइनन् । उनको बारेमा मेरो विश्लेषण यत्ति हो– राज्यको कमजोर व्यवाहारिक पाटोविरुद्ध खरो पनि नभनौ, हुर्मत लिनेगरी बोलेका कारणले राज्यसँग रिसाएकाहरूको समर्थन पाएका एक पाहुना हुन्, लामिछाने । कार्यक्रम प्रस्तोता हुन्, पत्रकार होइनन् । यसकारण होइनन्, उनले यो राज्यले पत्रकारिताको परिचय लिऊ भन्दा राज्यलाई भकुन्डो खेल्ने अहंकार र अभिमान देखाएकै हुन् ।

आत्महत्या गर्नेलाई कायर भनिएला तर समवेदना दिनुपर्ने परिवारको संवेदनाको क्षेत्रफल खुम्च्याउने गरी होच्याउनु कति महान् काम हो ? जसले ज स–जसलाई पोल लगाएर अथवा झोसेर यो दुनियाँबाट विदा भए उनको शरिर खरानी हुन नपाउँदै कतिसम्मका तुच्छ र अमर्यादिन, असामाजिक टिप्पणी भए ? के हामी एउटा आरोपीलाई महान् देखाउनका लागि सामाजिक प्राणाीको पगरी लगाएर असामाजिक हुन आतुर छौं ?

कार्यक्रमको फरम्याट, त्यसको शैली र त्यसले संप्रेषण गर्ने सन्देशका एक प्रस्तोता भन्दा केही पनि हैनन् लामिछाने । उनका हरेक प्रस्तुती र खोजीका मिहिन पात्र थिए, पुडासैनी । विरोधाभाष रहेको यो मृत्युप्रकरणमा उनीहरूका आपसी र नीजि विषय पनि हुन सक्छन् कतिपय । तर, कसैलाई लागेको आरोपभन्दा पनि कसैको मृत्युको संवेदनाको उपहास गरियो । लामिछाने आफैंले गरे, लाइभमा । बाँकी सतहमा चलिरहेको छ ।

फ्यानका नाममा

पुडासैनीको आत्महत्या वा हत्या अथवा यी दुई बाहेकका अनेक निष्कर्श आउन सक्लान् । ति, अनुसन्धानका विषय भए । आत्महत्या गर्नेलाई कायर भनिएला तर समवेदना दिनुपर्ने परिवारको संवेदनाको क्षेत्रफल खुम्च्याउने गरी होच्याउनु कति महान् काम हो ? जसले ज स–जसलाई पोल लगाएर अथवा झोसेर यो दुनियाँबाट विदा भए उनको शरिर खरानी हुन नपाउँदै कतिसम्मका तुच्छ र अमर्यादिन, असामाजिक टिप्पणी भए ? के हामी एउटा आरोपीलाई महान् देखाउनका लागि सामाजिक प्राणाीको पगरी लगाएर असामाजिक हुन आतुर छौं ? यसो हो भने सामाजिक सञ्जालमै निर्णय गरौं, त्यहिँ घोषणा गरौं हामी ‘भेडाँ’ हौं ।

सामाजिक क्षेत्रमा काम गरेका मानिसले आलोचना सहनको क्षमता राख्दछ । यस्तै प्रक्रिया र पद्दतीसँग लड्ने जोस जाँगर र हिम्मत राखेरै मानिस मिडियामा छिर्छ । यो एउटा असल कामका लागि मात्र प्रयोग हुनुपर्ने चिज हो । तर, व्यक्तिगत महत्वकांक्षा र लोभको सीमा पार हुँदा सृजनशीलताको विषयलाई कमाउ धन्दाका सुसुप्त च्यानल पनि खडा हुन्छन् । आम मानिससम्म बुझाउनका लागि यसले समय लिन सक्ला । तर जति सतही भएर मानवीयताको चरण पार हुन्छन्, मानवअधिकारको सामान्य मुल्य र मान्यता, गोपनियता, प्रतिष्ठा र पीडाको आकारलाई सानो देख्न थाल्छौं हामी मान्छे भन्नुको अर्थ हुँदैन । घरमा कुकुरलाई चोट लाग्दा रुने र बाबुआमालाई बृद्धआश्रममा पुर्याउने चेत भएको भनिएको तर अर्धचेत, अचेत मानसिकताको उपज जस्तै हुन्छ ।

यो भिडमा उभिएका कतिलाई हतार छ घर जान ? कसले सडकको ल्यान क्रस नगरी हिँडेको छ ? कतिले बाटो जेब्रा क्रसबाट मात्रै काटियो ? कतिले आफ्नो काम हतारमा लिन चिनेका चिनजान भएका कर्मचारी, नेतालाई सिफारिस गराइयो ? लोकसेवा भरियो भने, अन्तरवार्तामा पास हुनका लागि कतिले आफन्तको सहयोग लिइयो ? घर नजिकको सडक बनाउन कति ठेकेदार र कर्मचारीका लागि अपिल गरियो ? हरेक ठाउँका बेथितिमा आफूले सम्झनलायक स्पेश दिएर, त्यसको विरोध नगर्दाको परिणाममा ओभानो बनी उत्तेजीत भिँड बन्न सुहाउला ?

फेन्सी, बनावटी र चिटिक्क परेका स्क्रिप्टमा उतारिएका शव्दसँग होइन, प्रस्तुतीसँग होइन व्यवाहारिकताको कसीमा राखेर अघि बढ्नु मानवीय कर्म वा धर्म हुनेछ । हामीले धेरै भिँड देखेका छौं– भिँडसँग भिड्नेभन्दा अर्को बौद्धिक परिवर्तनको कसी देखिँदैन

एक पटक सोचौं, फ्यान हुनु वा बनाउनुु नराम्रो कुरा होइन । कसैको असल कामका निम्ति समर्थन गर्नु पनि नराम्रो विषय होइन । असललाई असल र गलतलाई गलत, कानुनको कर्मलाई निष्पक्षता बनाउनुपर्छ भन्ने चिजले पो चेत समाजमा हुर्किएको अनुभूति गराउन सक्छ त । रवि लामिछानेका निम्ति जति तेज आवाजमा, विद्रोहको भावले, उसको रक्षाका नाममा जति उफ्रिन, प्रहरीमाथि हमला गर्न अथवा समाजका विविध विधाका मानिसलाई गाली गर्न अहिले उद्दत छौं, त्यो जाँगर राज्यका हरेक अंगमा भ्रष्टाचारमुक्ति, कानुनसम्मत कामको दबाबका लागि कति जनाले दियौं ? सोचौं, दिमाग तातो बनाएर कुनै अमुक व्यक्तिको प्रमाणित नभएको आरोपका बारेमा होइन, राज्यका बारेमा ।

हिजो रवि लामिछानेले मुलुक छाडेर जाँदा देश सक्किएको थिएन, थितिमाथि प्रहार गर्ने मानिस नभएका होइनन् । तर, कतिले साथ दियौं ? भोली रवि लामिछानेले मुलुक छाडेका दिन अथवा यो कर्म गर्न छाडेका दिन के गर्न सक्छौं यो समाजले ? यो समाजमा रवि लामिछानेका निम्ति मर्न होइन, देशका निम्ति मर्न, विसंगति विरुद्धका निम्ति जाग्न, कानुनको सम्मान गर्दै त्यसको व्यवाहारिक प्रयोगका निम्ति दबाब दिने भिँडको खाँचो छ । लिड गर्न सक्ने त कयन छन् । फेन्सी, बनावटी र चिटिक्क परेका स्क्रिप्टमा उतारिएका शव्दसँग होइन, प्रस्तुतीसँग होइन व्यवाहारिकताको कसीमा राखेर अघि बढ्नु मानवीय कर्म वा धर्म हुनेछ । हामीले धेरै भिँड देखेका छौं– भिँडसँग भिड्नेभन्दा अर्को बौद्धिक परिवर्तनको कसी देखिँदैन ।