बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

आत्महत्या गरेका पत्रकार पुडासैनीको भिडियो : रवि लामिछाने तिमी जस्तो भ्रष्ट कोही छैन !

दैनिक नेपाल २०७६ साउन ३० गते १२:४३

काठमाडौं, ३० साउन । यसै साता चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ ।

सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने र त्यसका निर्माता दिपक बोहराले अत्यधिक मानसिक यातना दिएको पत्रकार पुडासैनीले भिडियोमा बयान गरेका छन् ।

प्रहरीले विधि विज्ञान प्रयोगशालामा उक्त भिडियो परिक्षणको लागि पठाएको थियो ।

रवि लामिछाने जस्तो भ्रष्टाचारी कोही नरहेको बताएका पुडासैनीले युवराज कँडेल, अस्मिता कार्कीको पनि नाम लिएका छन् ।

उनले भिडियोमा यी तीन जना जस्तो अपराधी कोही नरहेको रुँदै रेकर्ड गरेको भिडियोमा भनेका छन्,‘मलाई मर्न बाध्य पार्ने रवि लामिछाने हुन्, नेपालको कानुनले कारबाही गरोस् । फाँसी नै भए पनि दियोस् ।’

पुडासैनी लामिछानेको टिमा सिधा कुरा जनतासँगमा कार्यरत थिए । पछिल्लो पटक उनी माउन्टेन टेलिभिजनमा पुगेका थिए ।

भिडियो स्रोत : नेपाल आज

प्रतिक्रिया
सम्बन्धित