सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीन जनालाई ५ दिनको म्याद थप

दैनिक नेपाल २०७६ भदौ ३ गते १७:२९

काठमाडौं, ३ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहनको मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थपेको छ ।

आगामी शनिबारसम्म अनुसन्धान गर्नका लागि हिरासतमा राख्न अदालतले आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले भने अनुसन्धानका निम्ति १० दिनको समय माग गरेको थियो ।

यसअघि ५ दिनका अनुसन्धान गरेको प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा थप फेला परेका प्रमाणसहित लामिछाने, कँडेल र कार्कीसँग लिएको बयानलाई अदालतमा पेस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित