आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

रवि लामिछाने संघर्ष समितिका अध्यक्षको राजीनामा, राजनीति र अतिवादी छिरेको भनाई

दैनिक नेपाल २०७६ भदौ २ गते २१:२८

काठमाडौँ, २ भदौ । ‘रवि लामिछाने बचाउ संघर्ष समिति’का सरोज घिमिरेले समितिको दुरुपयोग हुन थालेको भन्दै आफू अध्यक्षको भूमिकामा नरहने जनाएका छन् ।

पत्राकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अनुसन्धान गरिहेको छ ।

उक्त अनुसन्धान निष्पक्ष होस् र पीडितले न्याय पाउन् भन्ने उद्देश्यले आफूले रवि लामिछाने बचाउ संघर्ष समितिको नेतृत्व लिएको उनले भनेका छन् ।

स्वतन्त्र छानविनको लागि अनुरोध गरेको तर व्यक्तिगत तथा विभिन्न स्वार्थले समितिको नामबाट अनुसन्धानलाई नै प्रभावित पार्ने तथा गणतन्त्रलाई नै विचलित बनाउने कार्य भएको भन्दै उनले यस्तो निर्णय लिएको प्रेस विज्ञप्तीमार्फत जनाएका छन् । गणतन्त्रलाई नै प्रहार गर्ने कार्य भएको समेत गरिएको छ ।

बाह्य व्यक्तिबाट फाइदा उठाउन खोजेको र समितिको कुनै औचित्य नरहेको भन्दै उनले आफूले समितिको जिम्मेवारीबाट हटेको बताएका छन् ।

यसैबीच आज दिउँसो चितवन प्रहरीले भीडलाई अनावश्यक उकास्ने तथा शान्ति व्यवस्था भाँड्न खोजेकाे आराेमा दुई जनालाई पक्रउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित