आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

प्रधानमन्त्रीलाई काट्छु भन्दै रविका समर्थक नाङ्गो खुकुरीसहित ‘लाइभ’ आएपछि..

दैनिक नेपाल २०७६ भदौ ३ गते १२:२६

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्तिलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ ।

उनले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए । प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने धम्की दिएका थिए ।

फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको छ । शनिबार मात्रै अछाबाट एकजना युवा प्रहरी अधिकारीको फोटो बिगारेर फेसबुकमा हाल्दा पक्राउ परेका थिए ।

प्रहरीले पछिल्लो समय समाजिक सञ्जालमा आपत्तिजनक शब्द प्रयोग गर्नेमाथि निगरानी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित