आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

रवि लामिछानेकाे सम्पत्ति छानविन गर्न युवा संघका सहसंयाेजककाे माग

दैनिक नेपाल २०७६ भदौ २ गते ११:२५

काठमाडौं, २ भदाै । सत्तारूढ नेकपाकाे भ्रातृ संगठन यवा संघ नेपालका सहसंयाेजक रमेश पाैडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाइएको थियो ।

लामिछानेको पक्षमा चितवन र देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा सामाजिक सञ्जालमा पुडासैनीको न्याय र रविको पक्षमा बहस भइरहेको छ ।

पुडासैनीले न्याय पाउनु पर्ने र कोही पनि निर्दोष फस्न नहुने विषयले केही दिन यता सामाजिक सञ्जाल बहसको केन्द्र बनेको छ ।

सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृत्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए ।

मृत्यु प्रकरणबारे अनुसन्धानमा रहेको प्रहरीले थप अनुसन्धानको लागि भन्दै बिहीवार लामिछानेसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित