शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पोर्चुगलमा एक नेपाली युवा यसरी बने सामादोरबाट असी रेस्टुरेन्टको मालिक

भगवान गिरी २०७८ असोज २८ गते १२:२१

-भगवान गिरी

पोर्चुगल, २८ असोज । विदेशीको रेस्टुरेन्टमा बाटोमा बसेर खाना खाने ग्राहक बोलाउने काम (सामादोर) रुपमा काम गर्ने एक नेपाली युवक आफ्नो अथक मेहनत, इमानदारीता र लगनशीलताले युरोपेली र एशियाली देशहरू फैलिएको असी वटा रेस्टुरेन्टको मालिक बनेका छन् ।

पोखरा महानगरपालिका २१ कृस्तीनाच्ने चौर दोहपरेका ३७ बर्षिय ध्रुवराज सुवेदी आफ्नो दस जोड दुईको पढाईलाई बिट मार्दै दुई दशक अगाडि युरोपेली मुलुक बेल्जियम हानिएर अहिले ६० मध्येको एक रेस्टुरेन्ट उमा मेरिस्क्वियरा (एक समुद्री खाना) नामक रेस्टुरेन्टबाट तयार हुने आरोज मरिस्को (समुद्री खाना सहित भात) बाट विश्वभरि नै चर्चा बटुल्न सफल छन् ।

तीन बर्ष बेल्जियम बसाइको समयमा निश्चित सीप नभएकै कारण शुरुमा सुवेदीले दैनिक १२ घण्टा भाँडा माझ्ने काम गर्नुभयो । उनलाई यो कामदेखि निकै ग्लानी पनि भयो ।

तर युरोपमा श्रमको उच्च सम्मान भएकै कारण काम गर्दै जाँदा सामान्य जस्तै लाग्यो । नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएका कारण निकै दुःख भोग्नुपरेको स्मरण गर्छन् ।

बसाइँ अनुमतिपत्रको सपना बेल्जियम पूरा हुने अवस्था नआएपछि स्पेन हानिनु भएका सुवेदी बार्सिलोनामा विश्व प्रसिद्ध फुटबल क्लब “बार्सिलोना“ को जर्सी स्टोरमा काम गरे ।

“हातमा खास सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझ्ने काम गरेँ, भाषा नबुझेर कति दिन त भोकै पनि सुतें, सुवेदीले भन्नुभयो, धेरै दुःख भोगें ।“ विदेश आएकोमा कता कता पश्चाताप पनि लाग्यो । त्यसबखत स्वदेश फर्केर अध्ययनलाई निरन्तरता दिऊँ कि जस्तो पनि भयो ।

श्रमको उच्च सम्मान अनि सबैले उस्तै मेहनत गरेको देख्दा उहाँको पनि काम गर्ने जोश, जाँगर र उत्साहको फलस्वरूप उनको अथक मेहनतका साथ स्पेनमा ११ देशका भाषा अध्ययन गर्नुभरे ।

स्पेनको बसाइँलाई बिट मार्दै बसाइँ अनुमतिपत्र बनाउन सहज हुने भन्दै पोर्चुगललाई कर्मभूमि बनाउने निर्णयमा पुगे । त्यसपछि पोर्चुगलको राजधानी लिस्बनको पर्यटकीय क्षेत्र रोसियोमा बाटोमा बसेर खाना खाने ग्राहक बोलाउने काम (सामादोर) काम सुरु गरे ।

कति समय पर्यटकले उनको कुरा नसुन्ने, आफ्ना कुराले ग्राहकलाई प्रभावित पार्न नसकेकाले साहुको गाली खानुपर्ने, तरपनि बिचलित नभइ आफ्नो काममा दत्तचित्त भइ लागि परे ।

केही समय यही पेशामा आवद्ध रहेको अवस्थामा आफैंले पनि कुनै व्यवसाय स्थापना गर्ने हुटहुटी र सोचाइका साथ सुरुमा ४२ हजार युरो (नेपाली रुपैयाँ ५५ लाख)को लगानीमा तीन जनाको साझेदारी सुरु भयो रेस्टुरेन्ट व्यवसायको यात्रा ।

केही महिना ब्यबसाय संचालन पछि रेस्टुरेन्ट ब्यबसायलाई अझ विस्तारित र थप गर्ने अभियानमा लाग्नु भएका सुबेदीले एकल तथा साझेदारीमा पोर्चुगल, स्पेन, बेल्जियम, स्विट्जरल्याण्ड, मकाउ, जर्मनी, चीन, हंगकंङ, भारत लगायतका देशहरुमा कैलास पर्बत अन्तरगत रहेका ६१ वटा रेस्टुरेन्टमा हिस्सेदार बनेका छन् ।

उमा मेरिस्क्वियरा (एक समुद्री खाना) रेस्टुरेन्टले दिएको सन्तुष्टी

पोर्चुगलमा उनले संचालन गरेको उमा मेरिस्क्वियरा (एक समुद्री खाना रेस्टुरेन्ट ) नामको रेस्टुरेन्टबाट तयार हुने (आरोज दि मरिस्को) समुद्री खाना सहितको भात, विश्व भरिका परम्परागत खाना प्रदर्शनमा १४ औं स्थानमा, पोर्चुगलमा १ नम्बर र युरोपमा ४ नम्बर पर्न सफल भएको छ ।

यो सामुन्द्रीक खाना पोर्चुगलको लिरिया जिल्लाबाट ६० बर्षअघि सुरुवात भएको बताएको छ । खानामा सामुन्द्रीक जिवहरु जस्तैः गगटोको अन्डा, झिंगेमाछा, गगटो, समुन्द्रमा पाइने सानो शंखे किरा र चामल एकै ठाँउमा मिसाएर सामुन्द्रीक खाना सहितको भात हो ।

परम्परागत खानामा पहिलो नम्बरमा इटालियन खाना पिज्जा र पास्ता दोस्रोमा टुर्किसको खाना, तेस्रोमा जापानीज रामायन खाना परेको छ । सामुन्द्रीक खाना खानको लागि घन्टौंसम्म लाईनमा बस्नु पर्छ । उक्त ६० बर्ष पुरानो उक्त रेस्टुरेन्टलाई पाँच बर्षदेखि आफ्नो स्वामित्वमा सुबेदीले संचालन गरिरहनु भएको छ ।

विश्वका परम्परागत खानाका परिकारको बारे विशेषज्ञहरुले संकलन गरि मुल्यांकन गर्ने प्रतिष्ठित वेबसाइट टेस्टएट्लसले यो रेस्टुरेन्टको खानालाई पनि आफ्नो सूचीमा समावेश गरेको हो ।

पोर्चुगलको राजधानी लिस्बन र भिसिउ, स्पेन, बेल्जियम, मकाउ लगायतका देशहरुमा रेष्टुरेन्टको फ्रेन्चाइज संचालनमा छन् । उमा मेरिस्क्वियरामा नामबाट पाँच वटा रेस्टुरेन्ट संचालनमा छन् ।

टेस्टएट्लसमा विश्वभरका ९ हजार २०० सय परम्परागत खाना, १७ हजार परम्परागत रेस्टुरेन्ट र ४८ हजार खाना विशेषज्ञ आबद्द छन् । वर्षेनी उनीहरुले संसारकै सर्वोत्कृष्ट परम्परागत खाना र रेस्टुरेन्ट छनोट गर्छन ।

रेस्टुरेन्ट बाहेक उनले आफ्नै स्वामित्वमा एसी ग्रुप स्थापना गरी नयाँ व्यवसायिक यात्रा पनि तय गर्नु भएको छ । उहाँले खाना घर घरमा पुर्याउने एप्लिकेसन फुड वेभ संचालनमा ल्याउनु भएको छ जसले ईन्टरनेटको माध्यमबाट घरमा बसिबसी खाना मगाउने ग्राहकलाई घरमै खाना पुराउन मध्यस्थता गर्दै आएको छ । सुवेदीले रेस्टुरेन्ट, होटल बाहेक निर्माण व्यवसाय रियल स्टेट लगाएतका कामहरू संचालन गर्दै आएका छन् ।

सुवेदी हङकङ र चीनका नागरिकसंगको साझेदारीमा पोर्चुगलमा पहिलो स्टार रेस्टुरेन्ट र नयाँ खाना क्यान फिसको परिकार बनाउने तयारीमा छन् । साथै पोर्चुगलमा एक डेन्टल हस्पिटल बनाउने अभियानको पनि सुरुवात भएको छ ।

“कोभिड–१९ ले विश्वका सबै व्यवसायलाई प्रभावित बनाए जस्तै मेरो व्यवसाय पनि अछुतो रहेन, आफुले चलाएको रेस्टुरेन्ट ब्यबसायले कोभिड सुरु हुनु भन्दा अघि सरकारलाई राम्रो राजस्व तिरेकोले पोर्चुगिस सरकारले दिएको अनुदान र बैंकको लोनले ब्यबसाय फेरि सहजै संचालन गर्न सम्भव भयो ।”

लकडाउन र आपतकालीन अवस्था घोषणा हुँदा कार्यरत कर्मचारीलाई तलब, भत्ता, सेवा, सुविधामा केही असर त निश्चित रूपमा पर्यो नै तरपनि कर्मचारीको न्युनतम आवश्यकता पूरा गर्ने गरी हामीले सहयोग गर्यौ । अब महामारीको चुनौतीबाट फेरि हामी पुरानै लयमा फर्किएका छौं ।फेरि हामी ग्राहकको सन्तुष्टि र सफलतामा हाम्रो व्यवसायलाई उत्कृष्ट बनाउने छौं ।” सुवेदीले आत्मविश्वासका साथ दृढता व्यक्त गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित