९ श्रावण २०८३, शनिबार

काठमाडौंबाट सुन र डेढ करोड नगदसहित सातजना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्रामसुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा तीन भारतीयनागरिक रहेका छन् भने चारजना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश प्रकाश विभूति र गणेश बाल्टे रहनुभएको डीएसपी सुरक्षा केसीले जानकारी दिनुभयो ।

यस्तै, नेपाली नागरिक भने दिनेश खरेल, आयुष बडु, भरतराज खरेल र गणेश दत्त बडु रहनुभएको छ ।

काठमाडौं वडा नं २४ मा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेको गोप्य सूचना दिएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा दार्चुला महाकाली नगरपालिका वडा नं ३, ४७ गणेश दत्त बडुसहित सात जना व्यक्तिलाई सुन जस्तो देखिने पहेलो धातुको टुक्राहरु ९ थान, तौल १ हजार ७ सय ६८.२५ ग्राम र नगद रु १ करोड ४३ लाख ६० हजारसहित फेला पारेर पक्राउ गरिएको पनि डीएसपी केसीले बताउनुभयो ।

Skip This