शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

लकडाउनपछि होटेल व्यवसाय कसरी चलाउने ? यस्तो छ प्रेसिडेन्ट ग्रुपका अध्यक्ष भण्डारीको सुझाव

दैनिक नेपाल २०७७ जेठ २८ गते ११:१९

शंकर भण्डारी, अध्यक्ष, प्रेसिडेन्ट ग्रुप

लामो समय भएको लकडाउन कारण हरेक वस्तु तथा सेवा अत्यावस्यक भइसकेको छ । तत्काल ब्यवसाय खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्ने हाम्रो महत्वपूर्ण जिम्मेवारी पनि रहेको छ ।

७८–७९ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अब कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार छन् । अब पनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट मात्र नभई भोकमरीले ज्यान जानेको संख्या थपिनेछ । अर्थतन्त्र ध्वस्त भएर जानेछ ।

होटल तथा रेस्टुरेन्ट अब कसरी कम खर्चिलो, सहि गति र सहि ब्यबस्थापना गरी सञ्चालन गर्ने, भन्ने विषयमा मलाई लागेका र जानेका केही सुझावहरू ब्यवसायी साथीहरूसँग साट्न चाहन्छु ।

१. कर्मचारीको ब्यवस्थापना

(क) अब केही समयमा होटल तथा रेस्टुरेन्टमा काम गर्ने कर्मचारीको अभाब हुनेछ । धेरै कर्मचारी राख्दा पनि खर्च बढेर ब्यवस्थापना गर्न कठिन हुनेछ । थोरै कर्मचारीबाट नै ब्यवस्थापना गर्नु उचित हुनेछ ।

(ख) भएका कर्मचारीलाई सहि तरिकाको ब्रिफिङ गर्ने, स्वास्थ्यको सवालमा सजग गराउने र आत्मबलको विकास हुने खालका ट्रेनिङ गराउन आवश्यक हुनेछ ।

(ग) कतिपय कर्मचारीको हकमा उनीहरूलाई मात्र नभएर कर्मचारीको घर परिवारलाई समेत आस्वस्थ पार्नुपर्ने हुन्छ । किनकी उनीहरूको काममा आउने चाहना हुँदाहुँदै पनि घर परिवारले स्वास्थको कारण देखाइ रोकिरहेका हुन्छन् । त्यसैले कर्मचारीको घरपरिवार र आफन्तसँग पनि तपाईंका आफन्तसँग जस्तै ब्यवहार प्रस्तुत गरी विश्वाश दिलाउनुपर्छ ।

(घ) कम खर्च तथा थोरै कर्मचारीबाट धेरै काम लिने गरी ब्यवस्थापना गर्ने मल्टीटास्किङ कर्मचारीको ब्यवस्था गर्नुर्पछ ।

(ङ) जस्तै अब हाउसकिपिङको कर्मचारी हाउसकिपिङमा मात्र सीमित भएर भएन । उसले वेटरिङ्ग, सर्भिश, स्वागत्, अन्य कुनै क्षेत्रमा पनि काम गर्नुपर्ने हुन्छ । त्यस्तै कुकको हकमा पनि एउटा मात्र डिपार्ट सम्हालेर भएन । उसँग सम्बन्धित होटेल तथा रेस्टुरेन्टमा रहेको मेनुको बारेमा धेरैभन्दा धेरै ज्ञान हुनु पर्‍यो, नेपाली खान, ईण्डियन करी, तन्दुर, चाइनिज, ईटालियन खाना बनाउन सक्ने हुनुपर्‍यो । यदि ज्ञान छैन भने उसलाई त्योअनुसारको प्रशिक्षण दिएर तयार गर्नुपर्ने हुन्छ । रेसेप्सनिस्ट् होस्ट, बारिस्थां बारमेन, स्टोरकिपर, पर्चेजिङ डिलिबरी मेन, ड्राइभर, गार्ड, बेल व्बाय आदि गरेर पनि ब्यवस्थापना गर्नुपर्छ ।

२. मेनु तथा रूम ट्यारिफ

(क) मेनु तथा मूल्य सूची टाढाबाट नै प्रस्ट ग्रहाकले देख्न सजिलो हुने गरी राख्नुहोस् ।

(ख) तपाईंले अहिले मेनु र रूम ट्यारिफ बजार अनुसार समायोजन गर्दा उचित हुनेछ ।

(ग) होटलको रुमको दरमा केही कम गर्दा उचित हुन्छ भने खानाको मूल्यमा क्षेत्र हेरिकन केही थप गर्नु पर्ने हुन सक्दछ ।

(घ) मेनुमा रहेको सामान्य अवस्थामा समेत २५५ भन्दा पनि कम ग्राहकको रोजाइमा परेका पारीकारहरूलाई केही समयको लागि हटाएर सीमित गर्दा खानाको तयारी खर्च कम हुनगइ कस्ट कन्ट्रोल हुनेछ यो कुरालाई महत्व दिनुहोस् ।

३. सरसफाइ

(क) कोभिड–१९ को संक्रमण र लामो लकडाउनको कारणले गर्दा होटल तथा रेस्टुरेन्टको राम्रो सरसफाइ हुन सकेको छैन । त्यसैले राम्रोसँग समय दिएर सरसफाइ गर्नुहोस् ।

(ख) तपाईंले पहिला सफा गरेर र्‍याकमा राखेका भाडाकुडाहरू निकालेर पुनः सफा गर्नुहोस् ।

(ग) ग्रहाक आउने जाने स्थानमा सम्भब भएसम्म प्रतेक घण्टा सरसफाइ गर्नु ग्रहाकले छुने हरेक वस्तुलाई डिसइन्फेक्सन गर्नुहोस् ।

(घ) लामो समय बन्द रहँदा मेसिनरी औजार, जेनेटर, सवारी साधनमा समस्या आएको हुन सक्छ । त्यसैले चेकजाँच, सरसफाइ तथा मर्मत गराउनुहोस् ।

(ङ) फ्रिज तथा स्टोरमा रहेको पुरानो सामन, खुलेका प्याकेट, मसला आदि ड्यामेज भैसकेका छन् भने तिनलाई अनिवार्य हटाउनुहोस् ।

(च) स्टोरमा रहेका शिल नखोलेका महँगा सस, क्यान, मसला, बिभिन्न प्याकेट तथा बट्टाहरू, हलुकापेय पदार्थ, जुस, अनी बियरहरू तथा महँगा पेय पदार्थहरूको भ्यालु मिति पहिचान गर्नुहोस् । यदि मिति समाप्त भैसकेको छभने त्यसलाई अलग राखी सम्बन्धित कम्पनी वा बिक्रेतालाई जानकारी गराइ परिवर्तन गर्न लगाउनुहोस् ।

(छ) फोहोरमैलाको उचित ब्यवस्थापना गर्नुहोस् । होटल तथा रेस्टुरेन्टको फोहोर जथभावी बिल्कुल नफ्याक्नुहोस्, नगर वा गाउँपलिका तथा स्थानीय सरकारले तोकेको स्थानमा नियम अनुसार डिस्पोज गर्नुहोस् ।

४. स्वास्थ

(क) ग्रहाक तथा कर्मचारीको आउने गेट तथा कम्पाउन्डमा साबुन पानीको ब्यबस्था गर्नुहोस् ।

(ख) गेट तथा रिसेप्सनमा थर्मगनको अनिवार्य ब्यवस्था गर्नुहोस् । आउने ग्रहाकलाई मस्कको प्रयोग गर्न अनुरोध गर्नुहोस् । सामाजिक दुरी कायम राख्नुहोस् ।

(ग) लभी, रिसेप्सन, हरेक डाइनिङ टेबल तथा हरेक तलाको प्यासेजमा सेनिटाइजरको ब्यवस्था गर्नुहोस् । हरेक बाथरूम तथा बेसनमा अनिवार्य साबुन पानीको ब्यबस्था गर्नुहोस् ।

(घ) आफ्नो तथा कर्मचारीको नियमित स्वास्थ चेकजाँच गर्नुहोस् । सरसफाइ, मास्क, पन्जा तथा क्यापको अनिवार्य प्रयोग गर्न लगाउनुहोस् ।

(ङ) फोहोर मैलाको उचित ब्यवस्थापना गर्नुहोस् । होटल तथा रेस्टुरेन्टको फोहोर जथभावी बिल्कुल नफ्याक्नुहोस् । नगरपालिका वा गाउँपलिका तथा स्थानीय सरकारले तोकेको स्थानमा नियम अनुसार डिस्पोज गर्नुहोस् ।

५. ब्यापार तथा ब्यवस्थापना

(क) फोन, म्यासेज, ईमेल, तथा बिभिन्न सामाजिक सन्जालमार्फत तपाईं आफ्नो नियमित ग्रहाकसँग नियमित संपर्क गरिरहनुहोस् ।

(ख) तपाईंको ब्यवसाय पुनः सुचारु भएको कुरा आफ्ना ग्राहकहरूलाई बिभिन्न संचार तथा बिज्ञापनका माध्यमबाट जानकारी गराउनुहोस् ।

(ग)(ग्रहाकलाई तपाईंको होटलमा तथा रेस्टुरेन्टमा आउँदा स्वास्थ्य तथा अन्य हिसाबले पनि सुरक्षित छ भन्ने आभास दिलाउनुहोस् । त्यसको लागि गेट तथा रिसेप्सनमा थर्मगनको अनिवार्य ब्यवस्था गर्नुहोस् ।

(घ) स्टाफको कमी कोभिड – १९ वा अन्य कारणले सेवामा कमी भएको कुरा बुझिदिन अनुरोध गर्नुहोस् ।

(ङ) खुल्ने तथा बन्द गर्ने समयको निर्धारणा गर्नुहोस् । घरधनी तथा छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउनुहोस् ।

(च) नेपाल सरकार, स्वास्थ निकाय, पर्यटन बिभाग, र ब्यवसायिक हकहितका लागि स्थापित बिभिन्न संघ–संस्थाबाट आउने नियम तथा सूचनाको अनिवार्य पालना गर्नुहोस् ।

(छ) पानी, बिजुली, टेलिफोन, तथा बिभिन्न महसुल समयमा नै बुझाउनुहोस् नत्र ठूलो रकम जोरिमानमा जान सक्नेछ ।

(ज) होटल तथा रेस्टुरेन्ट अहिले बन्द रहेको अवस्थामा भन्दा पनि खोली सकेपछि अझै धेरै घाटामा जानेछ । झमेलाहरू आउनेछन् । पहिलाको जस्तो ब्यवसाय सहज नभएर समस्या उत्पन्न हुन सक्ने अवस्थाका बारेमा जानकार हुनुहोस् । निराश बिल्कुल नहुनुहोस् । बिज्ञको सुझाब लिनुहुस् । केही समयपछि सामान्य हुनेछ धैर्य गर्नुहोस् ।

भण्डारी प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष एक सक्रिय युबा ब्यवसायी हुन् । प्रेसिडेन्ट ग्रुपका अहिले देशभर १० वोटा शाखाहरू सञ्चालनमा छन् । ब्यवसायिक हकहितका लागि स्थापित होटल ब्यवसायीहरूको छाता संगठन ‘होटल ब्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव हुन् । उनले आफू जस्ता व्यवसायीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ भने यो लेख लेखेकाे बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित