शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: भ्रमणमै बित्ने भयो प्रधानमन्त्री प्रचण्डको कार्यकाल, विपिन अझै अज्ञात

काठमाडौं, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ । जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ...

दिनभरका TOP 15 NEWS: गठबन्धनमा मिलेन भागबण्डा, ज्यानको बदला दश लाख !

काठमाडौं, २१ पुस । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा...

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीले पाए सफाइ, बरहथवा तनावग्रस्त

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्वामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डलाई सफाइ दिएको हो। प्रधानमन्त्री प्रचण्डविरूद्व सात वर्षअघि...

दिनभरका TOP 15 NEWS: नेपाल-भारत संयुक्त आयोगको बैठक सकियो, मन्त्रीविरूद्व प्रहरीमा जोहेरी

काठमाडौं, १९ पुस । नेपाल भारत संयुक्त आयोगको सातौँ बैठक सकिएको छ । नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस। जयशंकरको संयुक्त अध्यक्षतामा भएको बैठक काठमाडौंको याक एन्ड यति होटलमा बसेको हो ।...

दिनभरका TOP 15 NEWS: प्रमुख तीन दल मिल्ने प्रयास, यस जयशंकर भोलि आउँदै

काठमाडौं, १८ पुस । राष्ट्रियसभा निर्वाचनको सिट भागवण्डाबारे प्रमुख तीन दलबीच छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष...

दिनभरका TOP 15 NEWS: रूसमा मारिए थप तीनजना नेपाली, रविले हाले मुद्वा

काठमाडौं, १७ पुस । रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार...

दिनभरका TOP 15 NEWS: बालकुमारी घटनाको दोष मन्त्री ज्वालाको टाउकोमा, सुजन र वीरेन्द्र सहिद

काठमाडौं, १६ पुस । ललितपुरको बालकुमारीमा घटेको घटनाको दोष भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि आइपरेको छ । मन्त्री ज्वाला जानाजान घटनास्थलमा जानुले घटना घटेको सबैको ठम्याइ छ । यसैबीच उपप्रधान तथा गृहमन्त्री...

दिनभरका TOP 15 NEWS: बालकुमारी घटनामा प्रहरीको गम्भीर लापरबाही, मन्त्रीले झुट्टो बोले

काठमाडौं, १५ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीको गम्भीर लापरबाही देखिएको छ । प्रहरीले मन्त्रीको गाडीमा आगजनी हुनुअघि नै गोली चलाएको खुलेको हो । यसैबीच घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...

दिनभरका TOP 15 NEWS: खोसियो सीडिओ र एसएसपीको जिम्मेवारी, सन्दीप उच्च अदालत जाने

काठमाडौं, १४ पुस । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई...

दिनभरका TOP 15 NEWS: सन्दीप दोषी ठहर, सुजन र वीरेन्द्रको कोरिया जाने सपना अधुरै

काठमाडौं, १३ पुस । बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेको हो । उनलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले पुस...

दिनभरका TOP 15 NEWS: यति एयर दुर्घटनामा पाइलटकै कमजोरी, प्रधानमन्त्रीले थाले पुर्नसंरचना

काठमाडौं, १२ पुस । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मानवीय त्रुटि भएको निष्कर्ष निकालिएको छ । २०७९ माघ १ गते सेती खोँचमा यती एयरलाइन्सको एटीआर ७२ एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन...

दिनभरका TOP 15 NEWS: फेरि देखिन थाल्यो कोरोना, टेरामक्सलाई यथास्थितिमा राख्न निर्देशन

काठमाडौं, ११ पुस । पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुन: देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ...
1 9 10 11 12 13 80